नयाँ दिल्ली, फागुन १८ । एमाओवादी महासचिव कृष्णबहादुर महराले नेपाली रुपैयाँ भारतमा चल्नपर्ने माग गरेका छन् ।
एमाओवादी निकट प्रवासी संगठनको कार्यक्रममा बोल्दै महराले उक्त माग गरेको ढिलो गरी समाचार प्राप्त भएको छ । महराले आइतबार सम्बोधनका क्रममा हजारौं नेपालीलाई भारतमा निकै समस्या रहेकोले त्यसतर्फ पहल गर्न समेत आग्रह गरे । ‘प्रवासी नेपालीले नेपाल फोन गर्दा धेरै पैसा लाग्ने समस्या छ । यो समस्या समाधान गर्न नेपाली रुपैयाँ भारतमा चलाउनुपर्ने कुरा नेपालको संसदमा उठाउछु ।’
सम्बोधनका क्रमम नेता महराले भारतले नाकाबन्दीको बहानामा नेपाल र भारतीय जनताकाब बीचमा तिक्तता जन्माएको समते बताए । नेपालमा समेत भारतीय सबैलाई एउटै आँखाले हेर्ने गलत संस्कार विकास भएकोतर्फ इंगित गर्दै महराले भारत र नेपालका जनविरोधी शासकविरुद्ध उत्पीडित जनता एक हुनुपर्ने आशय व्यक्त गरेका थिए । बिग्रिएको सम्बन्ध सुमुकुर गर्न समेत उनले जोड दिए ।
कार्यक्रममा महराले पछिल्लो राजनीतिक अवस्था, एमाओवादीको भूमिका, माओवादीहरुबीच पार्टी एकताका बारेमा समेत सम्बोधन गरेका थिए ।
सम्मेलनमा नेपाली राजनीतिक दलका जनवर्गीय संगठनका प्रमुख, भारतीय नेता, उद्योगपति, बुद्धिजीवि, कलाकार सँगै जम्मू कश्मीर, पञ्जाब, हिमाचल दिल्लीबाट सयौँको संख्यामा भेलामा उपस्थित थिए ।
सम्मेलनमा नेपाली राजनीतिक दलका जनवर्गीय संगठनका प्रमुख, भारतीय नेता, उद्योगपति, बुद्धिजीवि, कलाकार सँगै जम्मू कश्मीर, पञ्जाब, हिमाचल दिल्लीबाट सयौँको संख्यामा भेलामा उपस्थित थिए ।

