१८ फागुन, काभ्रे । काभ्रे जिल्लाको भकुण्डेवेसीमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
काभ्रेको १ र २ नम्बर निर्वाचन क्षेत्रीय समन्वय समितिको संयुक्त प्रशिक्षणका क्रममा भकुण्डेबेसी पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीमा प्रबेश गराएका हुन् ।
एमाओवादी प्रबेश गर्नेहरुमा जिल्लाको कानपुर गाविसबाट राप्रपा नेपालका वडा अध्यक्ष मान बहादुर लामा, नेकपा एमालेका क्षेत्रीय सदस्य तथा प्रचार प्रसार समितिका सहसंयोजक इन्द्र बहादुर लामा, लोकतान्त्रिक फोरम काभ्रे-काठमाडौं मंचका सह संयोजक धन बहादुर लामा, नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता इन्द्रमान तामाङ, नवराज श्रेष्ठ लगायतका छन् ।


