१९ फागुन रामेछाप
रामेछाप जिल्लाको दुर्गममा बसोवास गर्ने नागरिकहरुलाई लक्षित गरी जनताको घर दैलोमै विविध सरकारी सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले यही फागुन २० र २१ गते भुजी गाविसको कोलडाँडामा वृहत एकिकृत घुम्ति शिविर सञ्चालन गर्नको लागि आज सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाको नेतृत्वमा विभिन्न कार्यालयका कर्मचारीहरु सम्मिलित एक टोली मन्थलीबाट भुजी गाविसमा पुगेको छ ।

भुजीको कोलडाडामा फागुन २० र २१ गते सञ्चालन हुने उक्त शिविरमा नागरिकता परिचयपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहितको मतदाता नामावली, स्वास्थ्य परीक्षण, कृषि सेवा, पशु सेवा, टेलिकम सेवा, आयुर्वेदिक उपचार, जनचेतना र परामर्श लगायतका विविध सेवा सुविधाहरु उपलब्ध गराईने हुँदा भुजी गाविस र छिमेकी गाविसका नागरिकहरुलाई उक्त शिविरमा आई आफूलाई आवश्यक विविध सेवा सुविधाहरु लिनुहुन जिल्ला प्रशासन काार्यलय रामेछापले अनुरोध गरेको छ । साथै, उक्त शिविरको सञ्चालन र व्यवस्थापनमा सहयोग प¥याउनु हुन स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार, शिक्षक, बुद्धिजीवि, संघसंस्था लगायत सवैमा प्रशासनले अनुरोध गरेको छ ।

