युवा परिषद्को उपाध्यक्षमा अखिलका पूर्व अध्यक्ष माधव ढुंगेल - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » युवा परिषद्को उपाध्यक्षमा अखिलका पूर्व अध्यक्ष माधव ढुंगेल

युवा परिषद्को उपाध्यक्षमा अखिलका पूर्व अध्यक्ष माधव ढुंगेल

सरकारले गरिमामय जिम्मेवारी सुम्पेको छ, सफलतापूर्वक सम्पन्न गर्ने छु– ढुंगेल

Image
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा युवा नेता माधव ढुंगेल नियुक्त भएका छन् ।
अनेरास्ववियुका पूर्व अध्यक्ष तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका युवा नेता ढुंगेललाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि ढुंगेल उपाध्यक्षमा मनोनित भएका हुन् ।
माननीय युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले केही समय अघि नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए ।

को हुन् माधव ढुंगेल ?

रामेछाप जिल्ला, पकरबास-६, ०३४ सालमा आमा लक्ष्मी ढुंगेल र स्वर्गीय बाबु बोधराज ढुंगेलका सन्तानका रुपमा जन्मेका माधव ढुंगेल शैक्षिक रुपमा साउन्ड क्वालिफिकेसन युक्त छन् ।
राजनीति शास्त्र, अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर हासिल गरिसकेका ढुंगेल कानुन संकायबाट पनि आफ्नो शैक्षिक योग्यता जमाएका छन् । २०५७ सालमै नेपाल बार काउन्सिलका सदस्य बनेकोबाट पुष्टि हुन्छ ।

राजनीतिक–सांगठनिक जीवन

०४६ सालको परिवर्तन लगत्तै अर्थात् आफ्नो जीवनको १२ वर्षकै उमेरमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रुपमा राजनीतिमा हामफालेका ढुंगेलले क्रमशः अखिलका प्रारम्भिक कमिटीका सचिव, अध्यक्ष हँुदै, जिल्ला, अञ्चल, केन्द्रीय कमिटी पदाधिकारी हुँदै ०६७ सालको जनकपुर अधिवेशनबाट अनेरास्ववियुका केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

अहिले

अखिलको अध्यक्षको कार्यभार सुम्पेलगत्तै भएको एमाले नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यका रुपमा अहिले जिम्मेवार वहन गरिरहेका ढुंगेल कुशल, संगठक, विचारक र सिर्जनात्मक—रचनात्मक क्षमताका धनी भनी चिनिन्छन् ।
यही शृंखलाको निरन्तरताका रुपमा अहिले उनलाई नेपाल सरकारले नेपालकै पहिलो राष्ट्रिय युवा परिषद् जस्तो गरिमामय जिम्मेवारी सुम्पेको छ ।
यही सन्दर्भमा सोधिएको ‘पहिलो राष्ट्रिय युवा परिषद्को जिम्मेवारी काँधमा आएको छ, कसरी लिनुहुन्छ ?’ एउटै प्रश्नको जवाफमा ढुंगेलले भने,
‘युवा र विद्यार्थीहरुको खास समयको खास आवश्यकता पहिचान गर्नेबार मेरो अनुभव, क्षमता र बलबुताले भ्याएसम्म सफलतापूर्वक जिम्मेवारी वहन गर्ने प्रण गर्छु ।’
निर्माण सञ्चार । http://nirmansanchar.com/detail-bWxbkQ==
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap