![]() |
साधरण सभाको उद्घाटन गर्दै रामेछाप का प्रमुख जिल्ल अधिकारी शेष नारायण पौडेल |
१९ फागुन रामेछाप
नेपाल पत्रकार महासंघ रामेछाप शाखाको आठौँ साधारण सभा आज सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य चीरञ्जिवि माश्केको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । |
कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले जिल्ला स्थानीय प्रशासन पत्रकार र पत्रकारिताको विकासको लागि सकारात्मक रहेको बताउनु भयो । उहाँले पत्रकार प्रशासन संगसंगै जाँदा मात्रै विकासको प्रकृया अघि बढ्ने बताउनु भयो । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय समिति सदस्य चिरञ्जीवि मास्केले पत्रकारको संख्यात्मक भन्दा पनि गुणात्मकरुपमा वृद्धि हुनु पर्ने बताउनु भयो । मिडिया हाउसको विकास नभई पत्रकारहरुको विकास नहुने बताउँदै उहाँले पत्रकारहरुको हकहितसँगै सञ्चारमाध्यमको विकासमा पनि जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै एमाओवादीका नेता तथा पूर्व सभाषद तारानारायण श्रेष्ठ बिगुलले जनताको चेतनाको श्रोत नै सञ्चार माध्यम भएकोले जनताले बुझ्ने सहज र सरल भाषामा कार्यक्रम प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले देशको भविष्य सुन्दर बनाउन पत्रकारको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले सञ्चार माध्यमको स्तरउन्नतीमा जोड दिदै स्थानीयस्तरको खबरलाई बढि प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस युनियन रामेछापका अध्यक्ष बद्रि नयाँघरे, प्रेस चौतारीका अध्यक्ष युनिक विफा घिसिङ, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सुमित श्रेष्ठ, नागरिक सञ्जालका संयोजक रामचन्द्र वियोगी लगायतले पनि साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका सहभागिहरुलाई पत्रकार महासंघ रामेछापका सहसचिव नवराज श्रेष्ठले स्वागत गर्नु भएको थियो । साधारण सभाले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ । कार्यक्रम महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको अध्यक्षतामा तथा सचिब तुल्सीदेबि श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधरण सभाको उद्घाटन समारोहमा पुर्ब सभासद तारा नारायण श्रेष्ठ बिगुल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल,रामेछापका प्रजिअ पौडेल लगायतका अतिथि गणहरु |



