सिंगटीबाट भूकम्प पीडितलाई रकम बाँड्ने कार्यक्रम स्थगित - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सिंगटीबाट भूकम्प पीडितलाई रकम बाँड्ने कार्यक्रम स्थगित

सिंगटीबाट भूकम्प पीडितलाई रकम बाँड्ने कार्यक्रम स्थगित

काठमाडौं, फागुन १९ - सरकारले भूकम्पबाट क्षति भएको व्यक्तिको घर निर्माणका लागि दोलखाको सिंगटीबाट सुरु गर्ने भनिएको पहिलो किस्ताको अनुदान रकम वितरणको काम स्थगित गरेको छ । 
अन्तिम समयमा आएर कार्यविधि पास हुन नसकेको, जिल्लामा रकम निकासाका लागि कानुनी अड्चन रहेको र केन्द्रिय कार्यान्वयन इकाई गठन सम्बन्धी मन्त्री परिषदबाट निर्णय हुन बाँकी रहेकाले अनुदान वितरणको काम स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उप सचिव भीष्म भुसालले जानकारी दिनुभयो । 
उहाँका अनुसार केही मन्त्रालयले गर्नुपर्ने काम पनि बाँकी छ भने रकम खर्च गर्ने अख्तियारी, सेवाग्राहीको अभिलेख र आवास निर्माण सम्बन्धी द्धिपक्षीय सम्झौता लगायत प्रक्रियागत कामहरुका बारेमा अष्पष्टता भएकाले पनि पूर्व घोषित कार्यक्रम स्थगित गर्नुपरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबारदेखि दोलखाको सिंगटीबाट पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने जनाएको थियो । 
सरकारले पुनर्निर्माणका लागि अनुदान रकम नदिएका कारण भूकम्प गएको १० महिना वितिसक्दा पनि पीडितहरुले घर बनाउन सकेका छैनन् । नयाँ घर बनाउन नपाएका कारण सबैजसो भूकम्प पीडित अहिले पनि अस्थायी छाप्रामा बसिरहेका छन् ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap