आफुले काम गरिरहेको संस्थाको कार्यक्रम लिएर लुना सदरमुकामबाट गाउँ हिँडेकी छे । ऊ बसको अगाडिकै सिटमा छे । मान्छे अटाई नअटाई छन् । हल्ला बेसी नै चलेको छ । अर्थ लाग्ने र तर्कका कुरा एउटै छैनन् । खालि बकम्फुसे कुरा मात्र । केटाहरू छिल्लिएर बोलेको सुन्छे लुना । तिनले सीमै नाघेका छन् ।
बस घ्यार्रघ्यार्र गरी लम्केको छ । लुना आफ्नै सोचाइमा छे । कार्यस्थलमा गर्ने कामको लामो लिस्ट उसको अगाडि आउँछ– ‘पहिले गाउँका अगुवाहरूलाई जम्मा गर्ने । कार्यक्रमको जानकारी दिने । उनीहरू मार्फत सबैलाई बोलाउने । तालिम चलाउने । कार्य प्रगति विवरण जिल्ला शाखामा पठाउने । आदि आदि । आखिर एजिओ र आइएनजिओ कामै कागजमा कलम दौडाएर रकम भ्mवाम पार्ने त हो ।’
ऊ पनि कागजी घोडाले बोकेकै तलब खान्छे । काम न सामको तलब मात्रै । यस्तो देख्दा लुनालाई पनि जागिर खाइरहन मन थिएन । तर बल्लबल्ल भेटेको जागिर कसरी छोड्नु !
हल्लाखल्लाले आजित बनाएको छ लुनालाई । हल्लाबाट पार पाउन कानमा एयरफोन खाँद्छे ऊ । र, मोवाइलको मेमोरीमा गीत खोजेर प्ले गर्छे । गीत बज्छ, ‘हम दोनो दो प्रेमी दुनियाँ छोड् चले ।’
लुना ‘दोनो’ भएकी छैन । तर उसलाई यै गीत असाध्यै मन पर्छ । पहिला स्कुले जीवनमा एकदुई केटा प्रेम प्रस्ताव लिएर आएका थिए । उसले ठाडै इन्कार गरेकी थिई । प्रेमस्रेमको मामिलामा लुना एककिसिमले कमजोर देखिई ।
यो बैँशालु उमेरमा पनि लुनाका कोही प्रेमी वा केटा साथी छैनन् । बनाउने प्रयास पनि गरेकी छैन । सायद जरुरत पनि परेन । केटा साथी वा केटी साथी हुनैपर्छ । नभए इज्ज्वतै जाने कुरा गर्छन् अहिलेका ठिटाठिटी । तर ऊ यस्तो प्रवृतिको विपक्षमा छे । कुर्कुरे बैंशबाट जोगिएर यो उमेरमा आएकी छे । अब त उसलाई केटा देख्दा त्यस्तो केही फरक अनुभूति हुँदैन ।

उमेरले बीस काटेपछि मानिसमा एककिसिमको परिपक्वता आउँदो रहेछ । विचारेर मात्रै निर्णय गर्ने क्षमता वा विचार विकसित हुँदो रहेछ । कुर्कुरे उमेरमा कसैसँग एकछिनको मजाको लागि फसेको भए ऊ बर्बाद भैसक्ने थिई । न पढाइ । न जागिर । लोग्नेमान्छेको दासी मात्र । बच्चा जन्मा । हुर्का । पढा । घरधन्दा गर् । पतिव्रता बन् । आदि इत्यादि । एकैछिनमा केके कुरा खेले, खेले लुनाको मनमा । व्यवस्थापन गर्नै गाह्रो भयो । मनलाई स्थिर गर्न खोजी । सकिन । मन कहिले मनोद्वन्द्वमा फस्यो ।
मेरीबास्सै ! महिलाले थोरै मात्र के मन खोलेका थिए, लोग्नेमान्छे इतरिए । वयस्क लोग्नेमान्छे नै ठट्टा गर्न तम्सिए । एउटाले भन्यो, ‘के नसक्नु ? बोकेरै भएनि लैजाउँला हो । कता जाने मन छ ? जंगलतिर कि हाम्रै घरतिर ?’ लो अबचैँ सुनिसक्नु भएन ।
पक्की बाटो सकिएपछि बस कच्चीबाटो र ओबडखाबड बाटोमा ठसठस्ती कन्दै उकालो लाग्यो । मानिसहरू चढ्ने र ओर्लने क्रम चलेकै थियो । कोको चढे, कति चढे उसले वास्ता गरिन । चिनेकी पनि थिइन उसले । अत्यन्त साँघुरो कच्ची बाटोमा ड्राइभरलाई गाडी चलाउन निकै गाह्रो भएको छ । ड्राइभरले गाडीको स्टेरिङ्ग मरीमरी बटारेको हेरिरहेकी छे लुना । सोच्छे, ‘ड्राइभरले अलिकति लापर्वाह गर्दिए भने को नै बाँकी रहन्थ्यो र ! मानिसहरू ड्राइभिङ्गलाई त्यति इज्जतिलो पेशा मान्दैनन् । तर, यिन्ले स्टेरिङ्ग नसमाते देशै त चल्दैन होला ।’
बस जोल्टिङ्ग खाँदै उकालो चढ्दै छ । लुनाको कानमा गीत बजी नै रहेको छ । ऊ बेस्मारी झुमिछे । निदाइछे मज्जाले । सँगैको केटाले आप्mनो टाउको उस्को छातीमै टाँसेछ । निदाएको बहाना बनाएको हो वा साँच्चै निदाएरै लोलाएको हो । पत्तो पाइन । केटाको टाउकाको थिचाइले ऊ ब्यँुझिई । तर उसले त्यो केटालाई केही भन्न सकिन । ऊ रातो मुख पारेर सामान्य हुन खोज्यो ।
लुनाले सोची, ‘मैले आफुलाई त्यसरी फुक्काफाल छाड्न नहुने नि !’ उसलाई अप्ठेरो पनि लाग्यो । फेरि सोची, ‘कोही चिनेजानेको मान्छेले देखेको भए ! अँ, ठिकै छ । बसको यात्रा हो । सबैलाई आफन्त मान्नुपर्छ । म आफै उसको छातीमा झुम्न पुगेँ त उसले के गरोस् ?’

आपूmलाई सामान्य बनाउँदै ढोकातिर हेरी लुनाले । बसको ढोकातिर हेरी । २०–२२ को उमेरकी एउटी महिला ढोकाको छेवैमा थिई । त्यस्को अनुहार हेरिनसक्नु भएको थियो । ‘वाक वाक’ गरिरहेकी थिई । वान्ता गर्दागर्दा उसको ज्यान शिथिल भएको थियो । उसको फुङ्ग उडेको अनुहारले त्यै कुराको संकेत गरेको थियो । बोल्न पनि नसक्ने । अनुहारभरि लेग्रैलेग्रा । कपालले अनुहारको आधा भाग ढाकेको थियो । एक्लै भेट्दा तर्साउने जस्तै देखिएकी थिई । उसले बसको ढोकाछेउको थाम समातेकी थिई । छाद जति भुईंमा थियो । खलाँसी उसैलाई संकेत गरेर भन्दै थियो, ‘दिदी, तिम्रो छाद तिमी नै सोर है ! आउन लागेपछि प्लाष्टिक माग्नु पर्दैन ?’
ऊ बोलिन । फेरि भित्रैबाट कुँडुलिएर आयो क्यार । ह्वाल्लै पारिहाली । उसको छेउमा उभिएका धेरै मान्छेको जिउमा वान्ताको छिटा प¥यो । एकजना करायो, ‘यस्ताले त के बस चढ्नु ? ठमठमी हिँडे भैहाल्यो नि ! अर्काको समेत लुगा बर्बाद ।’

धेरै यात्रुले उसलाई निकै छेडछाड गरे । तर उसले सुनिन या सुन्न चाहिन । सुनेर पनि बोलिन या बोल्न सकिन । लुनाले कुराको चुरो पत्तो पाइन । सायद ऊ बोल्न सक्ने अवस्थामै थिइन । उसको ब्याग भुईंतिर झरेको थियो । काखमा सानो बच्चा च्यापेकी थिई । एक हातले बच्चा र अर्को हातले थाम समातेकी थिई । उसलाई अडिन निकै गाह्रो परेको थियो ।
ढोकाछेउकी महिला ननस्टप वान्ता गरिरहेकी थिई । मुखबाट अन्नको साटो पानी मात्र आउन थाल्यो । हरियो लेउ मात्र छादी । बस छादको गन्धले भरिएको थियो । धेरैले नाक छोपे । ‘कति न कहिल्यै बसमा नछाद्ने देखिन खोजेका होलान् । एकचोटि पनि बसमा नछाद्ने को होला र !’ लुनाको मनले ढोकाकी केटीको पक्ष लिन खोजेपनि छादको गन्धले लुनालाई पनि उकुउकु हुन आँटेको थियो । खुकुलिएको मास्क उसले मुखमा अभैm कसी ।

महिलाको बच्चा रुन थाल्यो । बेस्सरी रुन थाल्यो । आमाको काखैबाट खसुँला झैँ मडारिएर रुन थाल्यो । आफ्नो बच्चा रोएको पनि थाह नपाएजस्तो ऊ वाकवाक गरिरही । उसलाई बच्चाभन्दा पनि ज्यान प्यारो भएको थियो त्यो बेला सायद । बच्चा रोइरह्यो । अँहँ, कसैले वास्तापास्ता गरेन । उसले एक हातले बच्चालाई दह्रो गरी समातेकी थिई । तर बच्चा उसको अँगालोमा बाँधिन तयार थिएन । आमाको छातीमा टाउकाले हान्दै बच्चा दूध माग्दै थियो ।
छाद्दाछाद्दै ऊ बेहोसै होली जस्ती जस्ती देखिई । उसमा आँखा खोलेर बच्चालाई पुलुक्क हेर्ने तागत पनि थिएन । उसको काखबाट बच्चा झर्ने नै भयो । लुनाको मन कताकता भित्र दुख्न थाल्यो । तिनको हातबाट बच्चा खस्यो भने ? बसको ढोकाबाट झर्न पनि त सक्छ । उसकै छेउमा थिई लुना । हतारहतार बच्चालाई तानी । काखमा राखी । आफ्नो बच्चा कस्ले तानेर लग्यो, उसले थाहै पाइनन् । हेर्न पनि सकिन । अनुहारको रूपरङ्ग ¥याल र सिँगानले छोपेको थियो । ऊ गरेर ‘हँ हँ’ मात्र गरिरहेकी थिई ।
फेरि खलाँसी करायो, ‘ए दिदी, तिमी माथि जाऊ त । खसौली । तिमी त मछ्र्यौ मछ्र्यौ, हामीलाईं पनि पारौली ।’ खलाँसीले भनेको उसले सुनी कि सुनिन ।
बच्चा लुनाको काखमा आएपछि रुन छाड्यो । आँखा घुमाएर वरिपरि हे¥यो । मुसुक्क हाँस्यो । लुनाको घाँटीको माला खेलाउन थाल्यो । ‘चाचा, चाचा’ भन्न थाल्यो । लुनाले बच्चाको अनुहार मुसारी । ‘आहा ! कति नरम छाला !’ मनमनै भनी ।

बच्चा सकसक गर्न थाल्यो । यताउति छाम्यो । लुनाको छातीमा टाँसिएर स्याँस्याँ गर्न लाग्यो । फेरि रुन थाल्यो बच्चा । रुवाइ बढ्दै गयो । नजिकै बसेको ठिटोले भन्यो, ‘दूध ख्वाउनुस् न बैनी । बच्चा त्यसरी रुँदा पनि तपाईं वास्तै नगर्ने ! बच्चा रोएपछि दूख चुसाउनु पर्दैन ?’
लुनाले पुलुक्क त्यो केटालाई हेरी । लाज लाग्यो । बोलिन । बच्चीको रुवाइ चर्कँदै गयो । उसकी आमा बसको ढोकाछेउको फलामे बिम समातेर लोलाएको लोलायै छे । उसको बान्ता अलि कम भएको छ ।
बच्चा रोएको रोयै छ–पूरै बस थर्किने गरी । के भनेर फुल्याउने ? के गर्दा बच्चा फुलिन्छ ? लुनाले यताउता हेरी । आफुले ओडेको सल सरक्क पन्छाई । बच्चाको टाउको छातीमा टाँसेर सलले छोपी । बच्चाले दूध खोज्यो । भेट्यो । मुन्टोमा मुख लगायो र बेस्मारी तान्न थाल्यो । बच्चाको रुवाइ बन्द भयो ।

उसले आमा बनेको अतुलनीय आनन्द महसुस गरेकी छे । बच्चा आनन्द मानेर कहिले देब्रे र कहिले दाहिने कुमारी स्तन तान्दै छ । दूधै आए झैँ मज्जाले घटघटी ।
बच्चाकी आमाले एक्कासि आँखा खोली । आप्mनो बच्चा देखिन । आँत्तिई । छेऊकै सिटमा देखी । अनुहारमा खुसी देखियो । बोल्ने तागत थिएन । बच्चा आफुले तानी । गाडी रोक्न लगाई । भाडा तिरी । बच्चा लिएर हिँडी । दश हात पर पुग्दा पनि बच्चाले हात बसतिरै देखाइरहेको थियो । लुना तन्द्रामा थिई । झसङ्ग भई । बच्चालाई परसम्म हेरिरही । उसलाई आफ्नै बच्चा कसैले खोसेर लगे झैँ लागेको थियो । उसको कुमारी मन एकतमासको भयो ।

sayapatrim@gmail.com