नारायण श्रेष्ठ/रेडियो तिफदि
चैत्र ८,रामेछाप-फागु पूर्णिमामा उच्छृङ्खल गतिविधि रोक्न जिल्ला प्रहरी कार्यालय रामेछापले विशेष सुरक्षा योजना तयार पारेको छ ।
आज एक सुचना जारी गर्दै यस वर्षको होलि पर्बलाई सभ्य तरीकाले मनाउन, होलि पर्बलाई भड्कीलो नबनाउन, जर्बजस्ती इच्छाविपरीत होलि नखेल्न, फोहोर पानि प्रयोग गरी होलि नखेल्न, होलिको नाममा होहल्ला नगर्न र भाङ धतुरो तथा मादक पदार्थ सेवन नगर्न जिल्ला प्रहरी कार्यलय रामेछापले जिल्लावासि सम्पुर्णमा आग्रह गरेको छ । यदि यस सुचनाको बेवास्ता गर्दै उच्छृङ्खल गतिविधि गरेमा त्यस्तो कार्य गर्ने ब्यक्तीलाई हदै सममको कारबाअि गरीने कार्यालयले जनाएको छ ।

