रामेछापका सरकारी कर्मचारीले अब अनिर्वाय रुपमा तोकिएको पोषाक लगाउनु पर्ने,एस.एल.सी. परीक्षालाई मर्यादित बनाईने - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापका सरकारी कर्मचारीले अब अनिर्वाय रुपमा तोकिएको पोषाक लगाउनु पर्ने,एस.एल.सी. परीक्षालाई मर्यादित बनाईने

रामेछापका सरकारी कर्मचारीले अब अनिर्वाय रुपमा तोकिएको पोषाक लगाउनु पर्ने,एस.एल.सी. परीक्षालाई मर्यादित बनाईने

नारायण श्रेष्ठ,चैत्र १३,रामेछाप 
    रामेछाप जिल्लाका सबै कर्मचारीले कार्यालय समय भित्र तोकिएको पोशाक अनिर्वाय रुपमा लगाउने लगाउनु पर्ने निर्णय स्थानीय प्रशानले गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतमा बसेको कार्यालय प्रमुखहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै चैत्र १८ गते देखि सञ्चालन हुने एस।एल।सी। परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।  बैठकले जिल्लास्थित सबै सरकारी कार्यालयहरुको घर जग्गा तथा सवारी साधनको लगत प्राप्त भएको ढाँचा बमोजिम विवरण भरी चैत्र १४ गते भित्र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउने निर्णय पनि गरेको छ ।  साथै यही चैत्र १८ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षालाई मर्या्दित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनमा जिल्लाका भुजी, लखनपुर र गाल्पामा सञ्चालन भएको एकिकृत घुम्ति शिविर प्रभावकारी भएको भन्दै त्यसमा सघाउनेलाई धन्यवाद समेत दिएको छ । ती शिविरमा १ हजार ६ सय २ वटा नेपाली नागरिकता वितरण गरिएको थियो । साथै १ हजार ३ सय ४ जनाको फोटो सहितको मतदाता नामावली दर्ता र १ सय ३५ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो । यसै गरी २ सय ८ जनालाई खानेपानी परामर्श तथा पिउस वितरण, ८ सय १४ जनाको आयुर्वे्दिक उपचार, ६ सय ६१ जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण पनि सो शिविरमा गरिएको प्रमुख जिल्ला अधिकारीद्वार संप्रेषित समाचारमा उल्लेख छ । तीन ठाउँमा सञ्चालन भएका शिविरमा १ हजार ३ सय ६६ जना कृषकलाई विउबिजत वितरण, ६ हजार ८ सय ३३ पशु पंक्षिको औषधि वितरण तथा उपचार, २ सय २८ वटा टेलिमका रिम र सिम विक्रि वितरण गरिएको थियो । शिविरमा स्थानीयलाई भूकम्प प्रतिरोधि भवन निर्माण, भू–संरक्षण सम्बन्धि परामर्श समेत दिइएको थियो ।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap