कसरी आयो विमानस्थल भन्सारमा एयर राइफल ? - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » कसरी आयो विमानस्थल भन्सारमा एयर राइफल ?

कसरी आयो विमानस्थल भन्सारमा एयर राइफल ?

Air Raifal


१९ फागुन, काठमाडौं । विषेश सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी)को टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा छापा मार्‍यो ।
एउटा कार्टुनमा लेखिएको छ, खेलौना हतियार । तर, सीआईबीको टोलीले कार्टुन खोलेर हेर्दा असली हतियार भेटिएको छ । बरामद भएको राइफल इजरायलबाट आएको खुलेको छ ।
इजरायलबाट आएको विमानमा हतियार छ भन्ने विषेश सूचनाको आधारमा छापा मार्दा एयर राइफल भेटिएको सीआईबीका डिआइजी नवराज सिलवालले जानकारी दिए । सिलवालका अनुसार राइफल कार्गोको बाक्समा प्याक भएर आएको थियो रराइफलसँग अन्य कुनै सामान थिएन ।
प्रहरीले बरामद गरेको हतियारमा ११०९०७२९४ नम्बर लेखिएको छ । राइफलमा इजरायल वाइपन्स इन्ड्रस्टिज अर्थात इजरायल हतियार उद्योग कम्पनी पनि लेखिएको छ ।
बरामद भएको हतियार भन्सारकै नियन्त्रणमा छ । डीआईजी सिलवालले भने-‘हामीलाई कुनै देशबाट हतियार आउँदैछ भन्ने सूचना आएको थियो । त्यसैको आधारमा छापा मार्दा एयर राइफ भेटिएको छ कसले र किन ल्याएको भन्ने अनुसन्धान भइरहेको छ ।’
त्रिभुवन विमानस्थल भन्सार कार्यलयका प्रमुख योगेन्द्र भट्टचनले भने प्रहरीले भनेको हतियार पुस २६ गते एक जापानिज नागरिकले ल्याएको बताए । ‘त्यो वास्तविक हतियार हो कि खेलौना भन्ने अनुसन्धान हुन बाँकी नै थियो’ भन्सार प्रमुख भट्टचनले भने ।
भट्टचनका अनुसार भन्सारमा आएका सामान ६० दिनसम्म सम्बन्धित व्यक्ति दाबी गर्न आउनसक्छन् । यदि ६० दिन सम्म आएन भने सूचना निकाल्ने र त्यसपछि पनि कोहि नआए जफत हुने गरेको छ ।
तर, बुधबार हतियार भनिएको सामानको बारेमा भन्सार प्रक्रिया पुरा नभइकेकोले हतियार हो कि होइन भन्ने आफुलाई जानकारी नभएको भन्सार प्रमुख भट्टचनको भनाइ छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap