नेपाली कांग्रेस रामेछापको २ वटै निर्वाचन क्षेत्रको निर्वाचन सम्पन्न - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » नेपाली कांग्रेस रामेछापको २ वटै निर्वाचन क्षेत्रको निर्वाचन सम्पन्न

नेपाली कांग्रेस रामेछापको २ वटै निर्वाचन क्षेत्रको निर्वाचन सम्पन्न

रामेछाप । माघ २३ गते 

         नेपाली काँग्रे रामेछापको २ वटै निर्वाचन क्षेत्रको निर्वाचन सम्पन्न भएको छ । मतगणनाको परिणाम अनुसार जिल्लाको निर्वान क्षेत्र नं १ बाट क्षेत्रीय सभापतिमा लिला सुनुवार र २ बाट विनोद कार्की विजयी हुनु भएको छ । सुनुवारले निकटतम प्रतिद्वन्दि लेखबहादुर कार्कीलाई १६ मतको अन्तरले हरानु भएको हो । सुनुवारले १ सय ४८ मत ल्याउनु भएको थियो । कार्कीको १ सय ३२ मत प्राप्त गर्नु भएको थियो । क्षेत्रीय सभापतिका अर्का उम्मेदवार रामकृष्ण खड्काले ३३ मत प्राप्त गर्नु भएको छ । १ नं क्षेत्रको सचिव र कोषाध्यक्षमा क्रमश निरज खड्का र नवराज ढकाल विजयी हुनु भएको छ ।

नेपाली कांग्रेसको तेह्रौं जिल्ला अधिबेशनबाट महाधिवेशन प्रतिनिधि निर्बाचित भए पछि नेताहरु रामहरि ढुङ्गेल,अर्जुन केसि, भरत चौलागाईं र बलबहादुर परियार(दमाई)

         यसै गरी निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विनोद कार्की बिजयी कार्कीले १ सय ७३ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी जितबहादुर थापा मगरले ७१ मत ल्याउनु भएको छ । अर्का प्रत्यासी नवराज थोकरले ४८ मत ल्याएउनु भएको छ । २ नं क्षेत्रको क्षेत्रीय सचिवमा सुदर्शन थापा र कोषाध्यक्षमा राजेश श्रेष्ठ विजयी हुनुभएको छ । क्षेत्र नम्बर एकमा लक्ष्मण घिमिरे तर्फबाट निर्वाचनमा गएका ४ जना, पूर्णबहादुर तामाङको प्यानलबाट १ जना र तेश्रो धारबाट १ जनाले महाधिवेशन प्रतिनिधिमा विजय प्राप्त गरेका छन् । निर्वाचनमा सबै भन्दा बढी मत पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्राप्त गरी विजय हुनु भएको छ । उहाँले १ सय ८७ मत ल्याउनु भएको छ । यसैगरी लक्ष्मणप्रसाद घिमिरेले १ सय ७८, लवश्री न्यौपानेले १ सय ६५, आङटावा शेर्पाले १ सय ५६, रत्न कार्कीले १ सय ५३ र कृष्णबहादुर महतले १ सय ४२ मत ल्याएर विजयी हुनु भएको छ । आरक्षण तर्फ महिलामा गंगा अधिकारीले २ सय १३ र जमुना कार्कीले १ सय ३२ मत ल्याएर विजयी हुनु भएको छ । जनजातिमा शिव श्रेष्ठले १ सय ५४ मत ल्याई विजयी हुनु भएको छ । दलितमा चिनबहादुर दर्जी ९५ मत ल्याएर विजयी हुनु भएको छ । अल्पसख्यकबाट चन्द्रकुमार सुनुवारले १ सय २५ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

       महाधिवेशन प्रतिनिधिमा घिमिरेको प्यानलमा परेका मूख्य प्रतिस्पर्धी केदारविक्रम खड्का र पार्टीका हालका उपसभापति झपडराज भण्डारीले पराजय भोग्नु परेको छ । 

      यसैगरी कान्छारामको प्यानलका मुख्य प्रतिस्पर्धी युवराज भट्टराई, महेश कार्की, रामकुमार खड्का, विमल वाग्ले र कल्याण बस्नेत समेत पराजित हुनु भएको छ । निर्वाचनमा भाग लिएका गजेन्द्र खड्का, डा. सुमन कर्माचार्य र किशोर सुनुवारले समेत पराजय भोग्नु भएको छ । क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै मत ल्याई पार्टी सभापति रामचन्द्र खड्का विजयी हुनु भएको छ । उहाँले १सय ३५ मत प्राप्त गर्नु भएको छ । त्यसै गरी अर्जुनकुमार केसीले १ सय २५, ध्रुवराज लामा ११९, रामहरि ढुङ्गेल, १ सय ३, वीरबहादुर तामाङ, १ सय २ र भरत चौलागाईँले ९५ मत ल्याई विजयी हुनु भएको छ । आरक्षित कोटा तर्फ दलितबाट १ सय ३३ मत प्राप्त गरी वलबहादुर नेपाली चुनिनु भएको छ । महिलामा क्रमश निर्मला घिमिरे र विनिता खड्काले १ सय १७ र १ सय ६ मत प्राप्त गरी विजयी हुनु भएको छ । आदिवासी जनजाति र अल्पसंख्यकबाट क्रमशः सरदकुमार तामाङ र पूजारी माझीले १ सय १५ र १ सय ६ मत ल्याई विजयी हुनु भएको छ ।

       २ नं क्षेत्रबाट उम्मेदवारी दिनु भएका साँसद शिवहादुर खड्का भने पराजित हुनु भएको छ । त्यसैगरी केशव चालिसे, झनक श्रेष्ठ, ध्रुवहरि ढुङ्गेल, डिकबहादुर तामाङ लगायतका नेताहरु निर्वाचनमा पराजित भएका छन् ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap