नारायण श्रेष्ठ/माघ २३ गते रामेछाप
नेपाल सरकारका कृषी मन्त्री हरीबोल गजुरेल मन्त्रालयका सचिव सहित कृषी विज्ञ टोलिलाई लिएर शुक्रबार मन्थली आईपुग्नु भएको छ ।नेपालको प्रख्यात जुनार पाईने पकेट क्षेत्र सिन्धुली र रामेछापको स्थलगत अध्ययन गर्न विज्ञ टोलि सहित मन्त्री गजुरेल सिन्धुलीको अनुगमन सकेर मन्थली आईपुग्नु भएको हो । जुनार खेतिबाट चर्चा पाएको रामेछाप र सिन्धुली जिल्लाको अध्ययन गर्न विज्ञ सहितको टोलि स्थलगत अध्ययन गर्न आएको र टोलिको सल्लाह अनुसार पकेट क्षेत्रको रुपमा विस्तार गरिने मन्त्री गजुरेलले वताउनु भयो ।
नेपाल कृषी प्रधान देश भए पनि पुरानै प्रविधीबाट कृषी पेशालाई अहिले पनि प्राथमकिता दिएकोले कृषीक्षेत्र र कृषकको विकास हुन नसकेको उहाँको भनाई थियो । कृषी लाई नयाँ प्रविधीद्धारा सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । कृषीको क्षेत्रमा आफूले नयाँ काम गर्न लागेको बताउँदै मन्त्री गजुरेलले २७ बुँदे घोषणा पत्र समेत जारी गरेको बताउनु भयो ।
सिन्धुली जिल्लाको स्थलगत अध्ययन सकेर रामेछाप आईपुग्नु भएका मन्त्री गजुरेललाई हिजो साँझ एमाओबादीका नेता तथा कार्यकर्ता, कृषी विकास कार्यालय रामेछापका कर्मचारीहरुले स्वागत गरेका थिए । आज जिल्लाका सरकारी अधिकारीहरुसँग भेटगरी जुनार पकेट क्षेत्रको अध्ययनको लागी विज्ञ टोलि जाने श्रोतको भनाई छ ।

