सुनसरी, माघ २२ – सुनसरी इटहरीको मुख्य चोकमा लागेको आगो झण्डै ८ घण्टापछि राति निभाइएको छ । बिहीबार बेलुका साढे पाँच बजेतिर सुरु भएको आगो राति झण्डै १ बजेतिर निभाइएको हो ।
दमक, धरान, इटहरी, विराटनगर, राजविराज र धनकुटाको दमकल तथा सेना, प्रहरी र स्थानीय बासिन्दाले मिलेर आगो निभाएका हुन् ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडिको फेसन महलबाट सुरु भएको आगलागीबाट चोकमा रहेका
झण्डै सय वटा पसलसँगै कालिप्रसाद पोखरेल र अमर भण्डारीको घर पूर्ण रुपमा जलेका छन् ।
अरु दुई वटा घरमा आशिंक क्षती पुगेको छ । आगलागी भएको ठाउँ इटहरीको मुख्य व्यपारीक केन्द्र भएकाले पनि धेरै क्षति भएको अनुमान छ । आगलागीबाट भएको क्षतीको विवरण भने आउने छ ।

