सवारी चाप बढेसँगै मन्थली बजार असुरक्षित - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सवारी चाप बढेसँगै मन्थली बजार असुरक्षित

सवारी चाप बढेसँगै मन्थली बजार असुरक्षित

रामेछाप । माघ २१ गते 
         रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा सबारी चाप अनुसारको सडक नहुँदा बजार क्षेत्र असुरक्षित बन्दै गएको छ।  बजार क्षेत्रमा अत्याधिक सवारी साधन चल्ने भए पनि चौडा सडक तथा सडक पेटीको उचित व्यवस्थापन नहुँदा बजार क्षेत्र जोखिमपूर्ण बनेको छ। 

       मन्थली बजारको मदनभण्डारी चोकदेखि आकासेको ट्राफिक चोकसम्मको बजार क्षेत्रमा यातायात साधनको चाप विहान सबेरैदेखि साँझ अबेरसम्म अधिक हुने गर्दछ । सडकमा टाटा सुमोका साना गाडी तथा मोटरसाइकलको बढी चाप हुने गरेको छ । बजार क्षेत्रमा तिब्र गतिमा गुड्ने यातायातका साधनले बजार क्षेत्र असुरक्षित बन्दै गएको छ।
      विद्यालय तथा कार्यालय समयमा मात्र हैन दिनभरि जसोनै व्यस्त हुने मन्थली बजारमा मोटरसाइकल तथा यातायात साधनको पार्किङको समेत कुने व्यवस्था छैन । मोटर साइकल लगायतका यातायातका साधनहरु बजारमा सडक किनारमा जथाभावि राखिने गरेको छ । साँघुरो सडकमा सडक किनारमा रोकेर राखिने मोटरसाइकल तथा जिपहरुले सडकलाई अझ साँघुरो बनाएको छ । 
      मन्थली बजार क्षेत्रमा यातायात साधनको चापलाई कम गर्न वैकल्पीक मार्गको रुपमा बजारको देवकोटा चोकदेखि बसपार्कसम्म पुग्ने रिङरोड समेत निर्माण गरिएको छ । वर्षै अगाडी निर्माण गरिएको सो रोड अझै पनि सञ्चालनमा आएको छैन । 
       मन्थली बजार क्षेत्रमा निर्माण गरेको सडक पेटी समेन व्यवस्थित छैन । साँघुरो र ठाउँठाउँमा टुटेको सडकपेटीबाट मानिसहर हिड्न सक्ने अवस्था छैन । अझ बालबालिका तथा अशक्त मानिसहरु सडक पेटीमा उक्लिन समेत नसक्ने गरी पेटी अप्ठेरोसँग बनाइएको छ । यसले गर्दा सर्वसाधारणहरु सडक पेटिमा हिँड्न सक्ने अवस्था छैन । सडकबाटै मानिस र सवारी साधन समेत गुड्दा बजार क्षेत्रमा बारम्बार दुर्घटनाहरु हुने गरेका छन् । यसलाई रोक्नेको लागि वैकल्पिक मार्ग सञ्चालन गर्नु पर्ने स्थानीयवासीको माग रहेको छ ।
रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्ज  रामेछाप 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap