क्षेत्रीय प्रतिनिधिबाट हटाएको भन्दै प्रेस बिज्ञप्ती - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » क्षेत्रीय प्रतिनिधिबाट हटाएको भन्दै प्रेस बिज्ञप्ती

क्षेत्रीय प्रतिनिधिबाट हटाएको भन्दै प्रेस बिज्ञप्ती

नारायण श्रेष्ठ
२१ माघ/रामेछाप
      नेपाली कांग्रेसको आसन्न १३ औं महाधिबेशनको चहलपहल बढि रहेको बेला रामेछापमा कांग्रसकै एक क्रियाशिल सदस्यले आफुलाई बिना जानकारी क्षेत्रीय प्रतिनिधिबाट हटाएको भन्दै प्रेस बिज्ञप्ती जारी गरी असन्तुष्टी जनाएका छन ।
       दिमिपोखरीका रमेश कुमार योञ्जनले गाबिसबाट क्षत्रिय प्रतिनिधि निर्वाचित भई आएपनि बिना जानकारी आफुलाई प्रतिनिधि बाट हटाईएको भन्दै  उनले पार्टीको त्यस कार्य प्रति खेद प्रकट गरेका छन । आफु जस्तो ईमान्दार र जुझारु कार्यकर्तालाई पार्टीले पाखा लगाउन खोजेको भन्दै उनले बिज्ञप्ती मार्फत आफु निराश भएको जानाएका छन । उनले दिमिपोखरी गाबिसका निर्बाचन अधिकृत कबिन्द्र मोक्तानले अबिधेशनको कुनै प्रक्रियामा नगई केहि ब्यत्तीहरुको निरंकुश निर्णयलाई कोठे राजनिति गरी ईकाई सभापति दिलबहादुर तामाङलाई जर्बजस्ती हस्ताक्षर गर्न लगाएर घोषना गरेको क्षत्रिय प्रतिनिधि पुर्णरुपमा अबैधानिक भएको जनाएका छन । 
       स्थानिय स्तरबाट निर्बाचित भई निर्बाचित भएको प्रमाण पत्र समेत बोकेर जिल्लामा प्रतिधित्व गर्न आउदा उक्त स्थानमा दिमिपोखरी गाबिसबाट आउने प्रतिनिधिको नाम नै नहुनु लोकतान्त्रीक बिधी र बिधान को मर्म बिपरित भएको बिज्ञप्ती मा जनाईएको छ । कंग्रेसको क्रियाशिल सदस्य न १८००१४८९८ नम्बरका योञ्जनले आफुलाई धाँधलिपुर्ण रुपमा प्रतिनिधि बाट हटाएको भन्दै दिमिपोखरी गाबिसको सम्पुर्ण प्रतिनिधि पुन चयन हुनु पर्ने माग गरेका छन ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap