रामेछाप काँग्रेसमा छुट्टाछुट्टै प्यानल - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछाप काँग्रेसमा छुट्टाछुट्टै प्यानल

रामेछाप काँग्रेसमा छुट्टाछुट्टै प्यानल

   
 रामेछाप। 
           आगामी माघ २२ गते हुन गइरहेको क्षेत्रिय अधिवेशन र माघ २५ गते हुन गइरहेको नेपाली काँग्रेसको जिल्ला अधिवेशनको लागि रामेछापको क्षेत्र नं १ मा दुईवटा प्यानल निमार्ण भएको छ। त्यसको लागि पूर्व मन्त्री लक्ष्मणप्रसाद घिमिरेको नेतृत्वमा एउटा प्यानल र गत संविधान सभाको निर्वाचनमा समानुपातीक उम्मेदवारमा परेका कान्छाराम तामाङ्गको नेतृत्वमा अर्को प्यानल निमार्ण भएको हो। वुधवार वेलुकासम्म दुवै प्यानलले घोषित रुपमा आफ्ना टिमका पदाधिकारीहरुको नाम सार्वजनिक नगरेको भएता पनि आफु निकट कार्यकर्ताहरुलाई आन्तरिक निर्देशन मार्फत टिम तयार भएको जानकारी गराएका हुन्। 
     लक्ष्मण घिमिरेको टिममा सांसद आङ्गटावा शेर्पा, काँग्रेसका पुराना नेता लवश्री न्यौपाने, कृष्णवहादुर महत, पार्टीका जिल्ला उपसभापति झपडराज भण्डारी, नेविसंघका पूर्व अध्यक्ष केदारविक्रम खड्का परेका छन्। त्यसैगरी उक्त टिमको महाधिवेशन प्रतिनिधिमा महिलातर्फ नेपाल महिला संघका जिल्ला अध्यक्ष गंगा अधिकारी र उषा कार्कीको नाम रहेको छ। त्यस्तै जनजाती र अल्पसंख्यक कोटामा क्रमशः गेल्जे शेर्पा वाम्ती र चन्द्र सुनुवार भुजीलाई लडाउने तयारी उनीहरुले गरेका छन्। उक्त टीमले क्षेत्रिय अध्यक्षको पदमा लीला सुनुवारलाई उठाउने भएको छ।
 
     त्यसैगरी कान्छाराम तामाङ्गको नेतृत्वमा युवराज भट्टराई, महेश कार्की, कल्याण वस्नेत, विमल वाग्ले र रामकुमार खड्कालाई उठाउने तयारी अन्तिम चरणमा पुगेको दुवै पक्षका कार्यकर्ताहरुले गरेका छन्। उक्त टिमको क्षेत्रिय सभापति पदमा वर्तमान सभापति लेखवहादुर कार्कीले नै निरन्तरता पाउने भएका छन्। उक्त टिमले वुधवारसम्ममा महिला, जनजाती र अल्पसंख्यकहरु मध्येवाट भने उम्मेदवारको फाइनल गर्न सकेको छैन। 
 
     यता क्षेत्र नं २ मा पनि वर्तमान पार्टी सभापति रामचन्द्र खडका र पूर्व सहायक मन्त्री रामहरी ढुगेलले छुट्टाछुट्टै टिम निमार्णको कसरत गरिरहेको भएता पनि त्यस क्षेत्रमा तामाङ्ग जातीको वाहुल्यता भएको र आफु निकट कार्यकर्ता पदका आकांक्षी वढी भएकाले यी दुवै पक्षलाई आफ्नो आधिकारीक घोषणा गर्न कठिनाई भइरहेको वुझिएको छ। यद्यपी उक्त क्षेत्रमा भने टिमगत प्रतिस्पर्धा नहुने सम्भावना उत्तिकै रहेको पनि उनीहरु निकट कार्यकर्ताहरुले वताएका छन्। 
 
      खड्का र ढुगेलले आन्तरीक रुपमा टिमवर्क गृह कार्य गरिरहेको बेला तामाङ्ग संघका युवा नेता विरवहादुर तामाङ्गले पनि आफ्नो छुट्टै टिम खडा गरी निर्वाचनमा जाने तयारी गरिरहेको वुझिएको छ। तामाङ्गकै कारण खड्का र ढुंगेललाई आआफ्नो टिम घोषणा गर्न कठिनाई भएको एक नेताले वताए। उनले पनि खड्का र ढुंगेलले प्यानलको घोषणा गरे दिकवहादुर तामाङ्ग, जीतवहादुर थापामगर, वेनीवहादुर थापामगर, ज्ञानेन्द्र आरन, सुरेन्द्र घिसिङ्ग र तेजवहादुर अधिकारी लगाएतका नेता तथा कार्यकर्ताहरु सम्मिलीत छुट्टै टिम घोषणा गर्ने र आफ्नो टिमलाई प्रभावकारी टिमको रुपमा अगाडी वढाउने रणनिती तय गरेको कार्यकर्ताहरुले वताएका छन्। उक्त टिमले ज्ञानेन्द्रराज आरनलाई क्षेत्रिय सभापति पदका लागि अगाडी सार्ने तयारी गरिरहेको वुझिएको छ।  
 
       आगामी नेतृत्वको लागि सभापति खडकाको टिममा सांसद शिववहादुर खडका, केशव चालीसे, धूर्वहरी ढुंगेल, ध्रुव सुवेदी, ध्रुवराज लामा, शरद लामा, शंकर योन्जन, गौतम कुमार लामा मध्यवाट र महिलातर्फ दुर्गा खड्का मिना कार्की र निर्मला घिमिरे मध्य २ जना र  दलिततर्फ मुक्त वहादुर महतेलाई उठाउने तयारी गरिरहेका छन्। उक्त टीममा वर्तमान क्षेत्रिय सभापति विनोद कार्की लड्ने पक्का पक्कि जस्तै भएको छ। 
 
      त्यस्तै ढुगेलको टिमवाट झनक श्रेष्ठ, अर्जुन केसी, भरत चौलागाई र तामाङ्ग समुदायवाट खडकाको टिमवाट असन्तुष्ट वनेका तामाङ्ग मध्येवाट छनौट गरी आफ्नो टिममा समावेश गरेर तामाङ्ग समुदायको आफ्नो पक्षमा पार्ने रणनिती अवलम्वन गरेको उनीहरु निकट कार्यर्ताहरुले वताएका छन्। उक्त टीमवाट विनिता खड्का, सुमित्रा मोक्तान र ईन्द्रवाति मोक्तान मध्य २ जना टीममा समावेस हुने सम्भावना वढेर गएको छ। उक्त टिमवाट क्षेत्रिय सभापतिको लागि भने नेपाल तरुण दलका जिल्ला अध्यक्ष नवराज थोकरको नाम अगाडी सारिएको छ। त्यस्तै जिल्ला सचिव पदका लागि भने तरुण दलका पुर्व केन्द्रिय सदस्य भुवन खड्का र पुर्व सह सचिव नारायण वहादुर गरि २ जनाले मात्र उमेद्वारी दिने चर्चा कार्यकर्ता विचमा चलेको छ। 
 
       दुवै क्षेत्रका प्रभावशाली नेताहरुले टीमगत रुपमा उम्मेदवारी दिने तयारी गरेपछि पार्टी र भातृ संगठनको केन्द्रदेखि जिल्ला तहसम्म लामो समय काम गरेका पुराना र युवा नेताहरु भने रुष्ट वनेका छन्। टीमगत रुपमा कतै पनि नाम समावेस हुन नसके पदका कतिपय आकाँक्षिहरुले भने स्वतन्त्र रुपमा आफुहरुले उमेद्वारी दिने तयारी गरेका छन्। जसमा नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष रत्न कार्कि पुर्व केन्द्रिय महामन्त्री गजेन्द्र कार्कि रहेका छन्। त्यस्तै नेविसंघका पुर्व जिल्ला अध्यक्षहरु, टंक खड्का, वद्री नयाँघरे, सिताराम कार्की, ध्रुव चौलागाई, महिला नेतृ जमुना कार्की लगाएत रहेका छन्। 
 
     नेताहरुले टिमगत रुपमा उमेद्वारी दिने तयारी गरिरहेको भएपनि प्रतिनिधिहरुले आफु जस्ता ईमान्दार कार्यकर्ताको पक्षमा फैसला गर्ने नेविसंघका पुर्व केन्दिय महामन्त्री गजेन्द्र कार्कीले वताए। उनले भने– हामीले पार्टीमा पुरयाएको योगदानका आधारमा गाउँवाट आएका प्रतिनिधिहरुले न्यायोचित फैसला गर्ने कुरामा हामी ढुक्क छौं। हामीलाई कुनै पनि टीममा भन्दा कार्यकर्ताहरु साथीहरुसँग सवैभन्दा ठूलो विस्वास छ। त्यही आधारमा आफुले महाधिवेसन पदका लागि उमेद्वारी दिने जानकारी पनि खड्काले गराए।  
वद्री नयाँघरे।

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap