Home »
» रामेछाप जिल्ला अदालतले अब दोभाषे सेवा उपलव्ध गराउदै
रामेछाप जिल्ला अदालतले अब दोभाषे सेवा उपलव्ध गराउदै
फागुन १५ गते शनिबार
मुद्धाको कुनै पक्ष वा साक्षीलाई दोभाषे आवश्यक परेका बेला अब अदालतले उपलब्ध गराउने भएको छ ।
दोभाषे प्रयोग सम्बन्धी निर्देशिका २०७२ सर्वाेच्च अदालतबाट पारित भई देशभरिका सबै अदालतमा पत्राचारसमेत गरिसकिएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीले भाषाका कारण समस्यामा परेका सेवाग्राहीलाई यो सेवा अदालतले उपलब्ध गराउने बताउनुभयो । यसका लागि अदालतले दोभाषेको सूची तयार गर्ने जिल्ला न्यायाधीश शिवाकोटीले बताउनुभयो ।
सरकारी कामकाजको भाषा नबुझ्ने सेवाग्राहीका लागि न्यायमा पहुँच सुनिश्चित गर्न यस्तो निर्देशिका आएको जिल्ला अदालतका श्रेस्तेदार मनोज श्रीवास्तवले जानकारी दिनुभयो । रामेछापमा कुनकुन भाषामा दोभाषे आवश्यक पर्छ भन्ने विषयमा छलफल गरी दोभाषे सूचिकृत गरिने भएको छ ।