६ सय ६ पदमा सरकारी शिक्षकको दरवन्दी खुल्दैछ ? - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » ६ सय ६ पदमा सरकारी शिक्षकको दरवन्दी खुल्दैछ ?

६ सय ६ पदमा सरकारी शिक्षकको दरवन्दी खुल्दैछ ?

काठमाडौँ, २ फागुन ।
         शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने भएको छ । विभागले देशभरमा ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण दिएपछि नयाँ रोजगारीका अवसर खुलाउन थालेको हो ।
        शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए । नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास क्षेत्रमा माध्यमिक तहमा मात्र कुल १ सय ९२ शिक्षकको पद रिक्त रहेको शिक्षा विभागका निर्देशक तथा प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार माध्यमिक तहका लागि ६ सय ११ दरबन्दी विवरण शिक्षक सेवा आयोगलाई पठाएको हो । अन्य तहका लागि पनि विभागले विवरण माग गरेको छ । एकैचोटी धेरै तहमा विज्ञापन गर्दा सेवा आयोगको परीक्षा दिने व्यक्तिदेखि व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले पटक–पटक गरेर रिक्त पदपूर्ति गर्दैछ । सुविधा राम्रो भएकाले यो पेशामा युवाको आकर्षण धेरै छ । शिक्षक सेवामा प्रवेश गर्नका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । आयोगका प्रशासकीय प्रमुख पौडेलका अनुसार प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक गरी तीन तहमा सात लाखको हाराहारीमा अध्यापन अनुमति लिएर बसेका युवाहरु छन् ।
 कुन विषयमा कति शिक्षक दरवन्दी खुल्दैछ ? 
 विज्ञानः १४५ 
अंग्रेजीः १२८
 नेपालीः १०७ 
सामाजिकः ९३
 गणितः ८४ 
लेखाः २०
 गणित विज्ञानः ९ 
स्वास्थ्य, जनसंख्या तथा वातावरणः ७ 
अर्थशास्त्रः ६
 संस्कृत साहित्यः ३ 
कम्प्युटर विज्ञानः ३
 संस्कृत भाषाः ३
 शिक्षाः २
 ज्योतिष तथा वेदः १
 कृषि शिक्षाः १ 
 See more at:www.npsamachar.com

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap