माइती गएकी गंगाको जिउँदै जलाएर हत्या - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » माइती गएकी गंगाको जिउँदै जलाएर हत्या

माइती गएकी गंगाको जिउँदै जलाएर हत्या

 २०७२ फाल्गुन २ आईतवार
         सुर्खेत: पूर्वी सुर्खेतमा महिलालाई जलाएर हत्या गरिएको छ। भेरीगंगा नगरपालिका-१४ निवासी ४३ वर्षीया गंगा थापालाई जलाएर हत्या गरिएको रहस्य खुलेको छ भाइलाई भेट्न माइती आएकी कल्याण पुगेकी थापालाई गत माघ १४ गते स्थानीय स्याउली बजारमा जलाइएको भएपनि घटना ढिला मात्र बाहिर आएको हो। 

      मृतक गंगाको शरीरको ९० प्रतिशत भाग जलेको छ। हत्याको आरोपमा प्रहरीले कल्याण निवासी ललिता कालुङ्गलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामघाटले ललितासँगै गोविन्द थापा, डिलबहादुर कालुङ्ग र रमेश विकलाई पनि पक्राउ गरेको भएपनि ललिताले आफू मात्र घटनामा संलग्न भएको बताएपछि प्रहरीले बाँकी तीन जनालाई तारिखमा छोडेको छ। प्रहरीले हत्यामा संलग्नहरुलाई कारबाही गर्न आलटाल गरेको भन्दै मृतकका आफन्तहरु न्याय माग्दै आइतवार सदरमुकाम वीरेन्द्रनगर आएका छन्। उनीहरुले गंगाको हत्यामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्दै सबैलाई कारबाही गर्न माग गरेका छन्। ललिता एक्लैले हत्या गर्न नसक्ने भन्दै पीडितहरुले अन्यलाई पनि कानूनी दायरमा ल्याउन माग गरे। हत्या गरिएकी गंगाका पति कर्णबहादुर थापाले गंगाको शरिरमा पेट्रोल छर्केर आगो लगाएको बताए। माघ १४ गते गंगालाई शरिर पुरै जलेको अवस्थामा आफन्तले उद्धार गरेर वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज हुँदै पाल्पामा रहेको मिसन अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा गंगाको माघ १७ गते अस्पतालमै मृत्यु भएको परिवारले जनाएको छ। प्रहरीका अनुसार गंगाको ९० प्रतिशत शरिरको भाग आगोले जलेको थियो। गंगाको मृत्युपछि आफन्तले माघ १८ गते नै रामघाट प्रहरीमा दोषीलाई कारवाहीको माग गर्दै उजूरी दिएका थिए। प्रहरीले सूरुमा चार जनालाई नै पक्राउ गरे पनि बाँकी तीन जनालाई छोडेपछि घटना थप रहस्यमय भएको आफन्तको आरोप छ। गंगालाई किन जलाइयो भन्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकका आफन्तहरुले समेत घटनाको कारण थाहा नभएको बताए । मृतकका पति कर्णले गंगाको शरिरमा कपडा समेत नभएको आवस्थामा आफूहरुले फेला पारेको बताए। दोर्षलाई कारबाही गर्नुको साटो प्रहरीले पक्राउ गरेर छोडेको भन्दै पीडित परिवारले आफूहरुमाथि अन्याय भएको गुनासो पोखे। यता इलाका प्रहरी कार्यालय छिन्चुले भने हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने जनाएको छ। 
      कार्यालयका प्रहरी निरिक्षक जयसिंह विष्टले घटनामा संलग्न चार जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको समेत जानकारी दिए। घटनाका मुख्य आरोपी ललितालाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ। घटनाको थप अनुसन्धान जारी रहेको भन्दै उनले अपराधीहरु कानूनबाट उम्कन नसक्ने बताए। 
 See more at: annapurnapost.com
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap