युवा किसानलाई १ करोड ब्याज अनुदान - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » युवा किसानलाई १ करोड ब्याज अनुदान

युवा किसानलाई १ करोड ब्याज अनुदान

nepal-rastra-bank

१८ माघ, काठमाडौं । युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने सरकारको नीतिप्रति आकर्षण बढ्न थालेको छ ।
हालसम्म साढे १३ सय किसानले सहुलियत दरमा १ अर्ब रुपैयाा ऋण लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका लागि राष्ट्र बैंकले ९७ लाख रुपैयाा ब्याज अनुदान दिएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।
सुरुवाती दिनहरूमा सरकारको यो कार्यक्रममा आकर्षण नदेखिए पनि पछिल्लो समय किसान आकषिर्त भएको उनको भनाइ छ । युवालाई कृषि क्षेत्रमा आकषिर्त र प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत दरमा कर्जा दिने व्यवस्था मिलाएको थियो । ‘म राष्ट्र बैंकमा आउादा ३/४ जना युवा किसानले मात्रै सहुलियत दरको कर्जा लिएका थिए,’ गभर्नर डा. नेपाल भने, ‘तर, अहिले साढे १३ सय किसानले १ अर्ब रुपैयाा ऋण लिइसकेका भने ९७ लाख रुपैयाा ब्याज अनुदान दिइएको छ ।’
तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ०७१/७२ को बजेट भाषणमार्फत युवा किसानलाई ६ प्रतिशत ब्याजदरमै बैंकबाट ऋण उपलब्ध गराउने घोषणा गरेका थिए । कुल १० प्रतिशत ब्याजदर तोकेर सरकारले ४ प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको थियो ।
बजेट आएको चार महिनापछि ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि- ०७१’ लागू गरी ऋण लगानी गर्न सुरु गरिएको थियो ।
कार्यविधिअनुसार महानगरपालिका र उप-महानगरपालिका बाहिरका २१ देखि ४५ वर्षका किसानलाई मात्रै बैंकबाट ब्याज अनुदान उपलब्ध गराइने छ ।
के-केमा अनुदान ?
ब्याज अनुदानमा पाउन युवाले तरकारी, बिउविजन, पुष्प व्यवसाय, पशुपक्षी पालन, फलफूल, दुग्ध व्यवसाय, मत्स्यपालन, च्याउ उत्पादन, पशु वधशाला एवं मासुजन्य उत्पादनलगायत कृषि व्यवसाय गर्नुपर्ने हुन्छ । साथै सरकारले समय-समय क्षेत्रहरू थप गरी ब्याज अनुदान दिने कार्यविधिमा उल्लेख छ ।
ऋण लिन के गर्नुपर्छ ?
किसानले आफ्नोनजिकै रहेको बैंकको शाखामा गएर सहुलियत दरको ऋण लिन आवेदन दिनुपर्छ । प्राप्त निवेदनउपर कर्जा विश्लेषण तथा सम्भाव्यता अध्ययन गरी ऋणालीले ऋण तिर्न सक्छ भन्ने विश्वास लागेमा मात्रै बैंकले ऋण दिनेछ । यसरी बैंकबाट एउटा किसानले १ करोड रुपैयाासम्म सहुलियत दरको ऋण लिन सक्नेछन्, उक्त ऋण पााच वर्षमा तिरिसक्नुपर्ने छ ।
नियम कडा छ !
कार्यविधिअनुसार जुन उद्देश्यका लागि कर्जा लिइएको हो, त्यही उद्देश्यका लागि मात्र कर्जा लगानी गर्नुपर्ने हुन्छ । अन्य क्षेत्रमा लगानी गरे ब्याज अनुदान नदिइने र सावाा-ब्याजसहित सम्पूर्ण रकम तुरुन्त फिर्ता गर्ने कार्यविधिमा उल्लेख छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap