१८ पुष, २०७२
विराटनगर– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा पेश गरिएको संशोधन प्रस्तावमा तीन ठूला राजनीति दलबीच कुरा मिल्न थालेको बताएका छन्।
उनले समानुपातिक–समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय गर्ने संशोधन प्रस्तावमा काँग्रेस, एमाले र एमाओवादीको कुरा मिल्न थालेकाले छिट्टै सहमति हुने बताए।
'विस्तारै–विस्तारै काँग्रेस, एमाओवादी र एमालेबीच संशोधन प्रस्तावमा एउटै समझदारी बन्दै जान थालेको छ,' शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै नेता दाहालले भने, 'पहिले यो स्तरको सम्झदारी बन्न सकेको थिएन।' दाहालका अनुसार समावेशीको कलस्टर मिलाउने विषयमा पहिला तीन ठूला दलबीच फरक–फरक राय थियो, अहिले एउटै हुन थालेको छ।
'मधेसी मोर्चाले पनि केही न केही लचकता प्रदर्शन गर्नुपर्छ,' दाहालले भने, 'कहिले–काँही कस्तो देखिन खोज्छन् भने मोर्चाले भनेको एउटा कुरामा सम्झदारी भइसकेपछि अरु कुरा नयाँ थप दिने जस्तो पनि भइरहेको छ। किनभने करिब–करिब निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रत्येक जिल्लाको भूगोलबाट एक जना नछुट्ने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेमा समझदारी भइसकेको थियो। आजभोलि आएर मधेसी मोर्चाले निर्वाचन क्षेत्रको निर्धारण प्रदेशको आधारमा हुनुपर्ने जिल्लालाई इकाइ मानेर हुँदैन भन्न थाल्नु भएको छ।'
एमाओवादी अध्यक्ष दाहालले नयाँ नयाँ माग थपेर सम्झदारी बिगार्ने काम मोर्चाले गर्नु नहुने सुझाव दिए। 'भोलि १ बजे संसद छ, त्यसअघि नै एउटा समझदारी बनाउने प्रयास भइरहेको छ,' इटहरीमा आयोजित पार्टीको कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आएका एमाओवादी अध्यक्ष दाहालले भने, 'म नहुँदा पनि आज(शनिबार) काँग्रेस, एमाले र मधेसी मोर्चाबीच कुरा होस् भनेर भनेको छु। किनभने समझदारी बनाउन हाम्रो तर्फ(एमाओवादी)बाट त्यति समस्या छैन।'
उनका अनुसार समझदारी बनाउन समानुपातिक–समावेशी कुरा होस्, त्यसमा कलस्टर मिलाउन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तय गर्न, नागरिकताको विषयमा बैवाहिक अंतिकृत नागरिकता लेख्दा चाँही मधेसी मोर्चालाई कम्फरटेवल लाग्छ भने त्यो लेख्न पनि समस्या छैन, या प्रचलित कानुन लेख्न भन्छ भने त्यसमा पनि समस्या छैन ।