रामेछाप । पुस १७ गते,
रामेछापका १२ सहित मध्य, मध्यपश्चिम तथा सुदूरपश्चिमका ९ जिल्लाका १ सय २० गाविस उच्चतम खाद्य असुरक्षामा परेका छन् । त्यहाँका ६० हजार घरधुरीका करिब २ लाख ६० हजार मानिस प्रभावित भएको सरकारी अध्ययनले देखाएको छ ।
रामेछाप, सिन्धुपाल्चोक, बाजुरा, मुग, डोल्पा, गोरखा, नुवाकोट, दोलखा, र रसुवा जिल्लाका १ सय २० वटा गाविस चरम खाद्य संकटमा परेको अध्ययनले देखाएको छ । सिन्धुपाल्चोक जिल्लाका ३३ गाविस सबैभन्दा बढी खाद्य असुरक्षाको अवस्थामा रहेको अध्ययनले देखाएको छ । त्यसपछि गोरखाका २०, नुवाकोटका १३, रामेछापका १२, दोलखाका ११, बाजुराका १७ र रसुवाका २ गाविस चरम खाद्य संकटको अवस्थामा छन् । त्यसमध्ये भूकम्प प्रभावित जिल्लामा ४८ हजार ६ सय घरधुरीका लगभग २ लाख ४ हजार ४ सय गंभीर खाद्य असुरक्षित अवस्थामा छन् । बर्खे बालीमा देखिएको उत्पादन ह्रासका कारण कर्णालीमा पनि खाद्य संकट देखिएको छ ।