असिना र भूकम्पले आलुको बिउ मासियो - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » असिना र भूकम्पले आलुको बिउ मासियो

असिना र भूकम्पले आलुको बिउ मासियो

घलेडांडा-९रामेछाप     रामेछापको डडुवामा पर्ने घलेडाँडा आलुका लागि कहलिएको थियो । शुद्ध अर्गानिक आलु त्यो पनि लेकको । खाने मात्र हैन सुन्नेको पनि मुखै रसाउथ्यो । तर यो साल त्यो स्वाद किन्ने र खानेले हैन, आलु लगाउने किसानले पनि लिन पाएनन् । बिउनै आएन, के को बेच्नुु स्थानीय ओमनारायण श्रेष्ठले भने ।

    एक महिना पछि आलु रोप्नु पर्छ । स्थानीय किसान जग्गा खनजोत गरिरहेका छन् । तर रोप्नका लागि बिउ खोज्नु पर्ने भएको छ । सरकारले वितरण गर्ने आलुको विउ जिल्ला सदरमुकाम आसपासका लागि पुग्दैन । सदरमुकाम मन्थलीबाट झण्डै ५० किलोमिटर पश्चिम उत्तरको उक्त गाउँका किसान सरकारी सुविधा पाउनेमा पर्दैनन् । ुबिउ किन्नु पर्ने भएको छु श्रेष्ठले भने ।

घलेडांडा बासिन्दालाइ यो साल दैब लागे । बैशाख ११ गते घनघोर असिना आयो । आलु माडिने गरी विध्वंस मच्चायो । भोलीपल्ट महाभूकम्पले घर मात्र भत्काएर त्यहि असिनाले चुटाई खाएको आलुको बोट मज्जाले हल्लाइदियो । श्रेष्ठ भन्छन् - भूकम्पले हल्लाएपछि आलुको झार मरे ।
     डडुवा ९ को घलेडांडाका बासिन्दा पहिले रातो चक्रे आलु लगाउथे । गोवरमलमा सप्रेको रातो चक्रेआलुको स्वादका पारखी बोरामा धान हालेर आलु साट्नका लागि घलेडांडातिर उकालिन्थे । रातोचक्रे आलु धेरै फल्दैनथ्यो । तर विगत केहि बर्षदेखि उन्नत खालको बिउ लगाउदै आएका छन् । केही बर्षअघि आइएलोले गाउंमा विउ भण्डार वनाएर उन्नत विउ लगाउन सिकाएपछि झण्डै ४० परिवारको वसोवास रहेको गाउंमा आलु थन्क्याउननै समस्या हुन थालेको थियो । पहिले घरका सवै तलाभरी आलु राख्नेहरु यो बर्ष डालामा आलु राख्ने अवस्थामा झरेका छन् । दिनभर खन्यो एक पाथि आलु निकाल्न धौ धौ छु, स्थानीय उमा श्रेष्ठले भनिन् ।
    श्रेष्ठका अनुसार घलेडांडाको प्रमुख खेतिनै त्यहि आलु हो । आलु बेचेर अरु अन्न किन्ने स्थानीयहरु यो बर्ष ऋण काडेर बेसाहाको जोहो गर्दैछन् । अबका एक महिना पछि फेरी आलु रोप्नुपर्छ । तर विउ छैन । केहिले विउलाई पुग्ने आलु सााचेर राखेका छन् तर धेरैको बेसाहानै खोज्नुपर्छ ।
    घलेडाँडामा तिन बर्ष अघि सडक जोडियो । सडक जोडिएपछि स्थानीय आलुको भाउ उर्लिएको थियो । सडक नवन्दा दोलखाको देउराली बजार सम्म थाप्लोमा वोकेर लैजाने आलुको भाउ घरमै आएपछि स्थानीय कम्ति रौसिएका थिएनन् । गत बर्ष ७० रुपैया सम्म धार्नीमा आलु विक्री गरेका किसानले लाखौं रुपैयाँ कमाएका थिए । थोरै बेच्नेले पनि कम्तिमा ४० हजार बनाउथ्यो अनि धेरै बिक्री गर्नेले १ लाख भन्दा माथिनै पैसा लिन्थे । यो साल कसैले एक रुपैयाको आलु पनि बिक्री गर्न पाएनन् ।
    स्थानीय लालबहादुर श्रेष्ठले असिना र भूकम्पबाट प्रमुख बाली नष्ट भएपनि डडुवाको घलेडाँडाबासीन्दाको पीडा सरकारले नदेखेको गुनासो गरे । ख्यै असिना पिडित र भूकम्प पिडिट किसानलाई सरकारले पनि सहयोग गर्छ रे भन्ने सुनेका हौं श्रेष्ठले भने - हाम्रा जनता कराएर हैरान भइसके, भन्न जाने काहाँ हो थाहा छैन । कृषिले केहि नगरेको दुखेसो पनि उनले गरे ।टीकाप्रसाद भट्ट 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap