भूकम्पपीडितको प्रश्न ‘सरकार घर बनाउँ कि नबनाउँ ? ’ सरकार भन्छ :-‘अहिले नबनाउनुस्’ - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » भूकम्पपीडितको प्रश्न ‘सरकार घर बनाउँ कि नबनाउँ ? ’ सरकार भन्छ :-‘अहिले नबनाउनुस्’

भूकम्पपीडितको प्रश्न ‘सरकार घर बनाउँ कि नबनाउँ ? ’ सरकार भन्छ :-‘अहिले नबनाउनुस्’

 सिन्धुपाल्चोक/ सिन्धुपाल्चोक गुम्बा २ का जगतबहादुर श्रेष्ठकी वृद्धा आमा बिरामी छिन् । उनलाई चिसोले थप गलाएको छ । भूकम्पले घर भत्किएपछि जस्ताको छानो ओडाएर अस्थायी टहरा त बनाएका छन्, शीतले सुतेकै अवस्थामा ओछ्यान भिज्छ । चित्राको बारले चिसो सिरेटो छेक्दैन ।
भूकम्पको धक्काले भत्किएको सिन्धुपाल्चोक गुम्बा बस्ती ।
     ‘गाउँमा कसैले घर बनाउन सुरु गरेको छैन । मैले मात्र घर बनाउने ? ’ उनले भने । भूकम्पयता खाद्यन्नलगायत राहतको कुनै कमी छैन । संघसंस्थाले केही न केही सहयोग गरिरहेकै छन् । बालबालिकालाई बिहीबार हेलम्बु एजुकेसन एन्ड लाइभ्लिहुड पार्टनरसिप ९हेल्प० ले झोला, न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्‍यो । घर बनाउने विषयमा सरकारले कुनै निर्णय नदिँदा भने पीडित अन्योलमा छन् ।
‘हामीले कति समय गोठमा बस्नुपर्ने हो रु’ स्थानीय अमरबहादुर शाक्यले भने, ‘कस्तो घर बनाउने चाँडै निर्णय होस् ।’ सरकारले भूकम्पप्रतिरोधी घरको मोडेल सार्वजनिक गरे पनि दुर्गमका बासिन्दासम्म पुग्न सकेको छैन । गुम्बा सिन्धुपाल्चोककै दुर्गम गाविस हो । १, ३ र ४ वडाका २ सय १२ घरमा भूकम्पले क्षति पुर्‍याएको छ । १२ जनाको मृत्यु भएको थियो । आफन्त गुमाएका उनीहरूलाई राहत सामग्रीभन्दा पनि घर बनाउने ठोस निर्णयको खाँचो छ । आफ्नै सीपले बनाएको घर भत्किएपछि अब जति रेक्टरको भूकम्प आए पनि नभत्किने घर बनाउन चाहन्छन् पीडित । ‘हाम्रो सीप त काम नलाग्ने रै’छ,’ गुम्बा ४ का मंगलाल तामाङले भने, ‘कसरी बनाउँदा भत्किँदैन, हामीलाई सिकाइदिनुस् ।’
पीडितमध्येका कसैले चिसो बढे पनि घर बनाउने सुरसार गरेका छैनन् । कतिपयले भत्किएको घरको ढुंगा पनि निकालेका छैनन् । भग्नावशेष हटाउँदा सरकारी अनुदान नपाइने चिन्ता उनीहरूमा छ । ‘नयाँ घर बनाउन घडेरी पनि खारेको छैन,’ मंगलालले भने ।
सेलमाई तामाङले राहतमा १६ वटा जस्ता पाइन् तर घर बनाएपछि ओडाउने भन्दै प्रयोगमा ल्याएकी छैनन् । ‘अहिले प्रयोग गर्दा प्वाल पर्छ,’ उनले भनिन्, ‘नयाँ घर बनाएर एकैपटक ओढाउने भनेर राखेका छौं ।’ टोलमा कसैले बनाउन नथालेकाले सेलमाईले पनि सुरसार गरेकी छैनन् ।
गुम्बाकै छेउवाङले भने पालको छाप्रोमा चिसोले बस्नै नसक्ने भएपछि ढुंगाको गारोमा जस्ताको छानो हालेर छाप्रो बनाएका छन् । त्यही छाप्रो पनि बुधबार फेरि भूकम्पले हल्लाएपछि उनी तनावमा देखिन्थे । ‘पहिलेको घरमा पनि ढुंगाकै गारो थियो,’ उनले भने, ‘अहिले पनि त्रासमा छौं ।’ भूकम्प प्रतिरोधी घर बनाउन तालिम लिएका डकर्मीले पनि निर्माणमा हात हालेका छैनन् । गुम्बा गाविसका बासिन्दा मात्र नभई साढे ६ हजारभन्दा बढी पीडितको एउटै जिज्ञासा छ, घर बनाइहाले सरकारले दिने राहत नपाइने पो हो कि रु

‘अहिले नबनाउनुस्’
पूर्णचन्द्र भट्टराई
प्रवक्ता, स्थानीय विकास मन्त्रालय

       घर बनाउने कि नबनाउने भन्ने सबैमा अन्योल छ । अहिले तत्काल घर बनाउन मिल्दैन । कस्तो बनाउने भनेर १७ वटा नक्सालाई अन्तिम रूप दिइसकेका छौं, ती सबै ग्रामीण भेकका लागि हुन् । बाक्लो बस्तीमा कस्तो घर बनाउने भन्ने अर्को नक्सा २र४ दिनमा आउँदैछ । सहरी क्षेत्रका लागि पनि नक्सा बन्दैछ । अहिले सार्वजनिक भएको नक्साअनुसारका घरको लागत दुईदेखि २० लाखसम्म पर्छ । हामीले डिजाइन मात्रै दिने हो, व्यक्तिले आवश्यकताअनुसार बनाउन सक्छन् ।भूकम्पपीडितलाई सहजै प्राविधिक सुविधा पुर्‍याउन १४ वटै जिल्लामा डिभिजन भवन कार्यालय खुल्दैछन् । घर भूकम्प प्रतिरोधी बनाउनुपर्छ, मिस्त्री पनि तालिमप्राप्त हुनुपर्छ । घर बनाउनुअघि गाविस वा नगरपालिकामा निवेदन दिनुपर्छ । सरकारी डिजाइनका घर बनाउन चाहे तत्काल नक्सा पास हुन्छ, परिमार्जन गर्नुपर्दा केही दिन लाग्छ ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap