Home »
» पीडित भोकै, चामल गोदाममा सड्दै
पीडित भोकै, चामल गोदाममा सड्दै
रामेछाप/जिल्लाका भूकम्प पीडितहरुले खाद्य संकट भोगिरहेका बेला राहतका लागि जिल्लामा आएको ४ सय बोरा भन्दा बढी चामलमा किरा परेको छ । आठ महिना अघि उक्त चामल गोदाम गरिएको थियो ।
जिल्ला दैविप्रकोप उद्धार समितिले जिविसको गोदाममा थन्क्याएको उसिना चामलमा सरावरी जस्तो घुन लागेका छन् । चामल दिनदिनै सड्दै गएको छ । उचित भण्डारण हुन नसक्दा चिसो भुईंमा थुपारिएको चामल सड्दै गएको हो । गोदाममा सुरक्षित मानिएको चामलको माथिल्लो बोराको चाङमा समेत कालै घुन देखिन थालेका छन् ।
‘जिल्लामा धेरै गरिवहरु कोदोको खोले खानका लागि कठ्याङ्ग्रिदै काम गरिरहेका छन् तर सरकारी गोदाममा रहेको चामल सडिरहेको छ,’ नागरिक सञ्जाल रामेछापका संयोजक रामचन्द्र वियोगीले भने, पीडितलाई आएको चामल राखिरहनु हुँदैन, खान मिल्ने खालको बांकी छ भने दिइहाल्नुपर्छ ।
दुई साता अघि बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले उक्त चामल जिल्लाको धान उप्पादन नहुने र भूकम्पबाट समेत बढी क्षति भएको ठोसे गाविसका पीडितलाई वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अझै कार्यान्वयनमा आएको छैन । ठोसे गाविसले समितिसँग चामल वुझ्नका लागि अझै सम्पर्क गरेको छैन । केहि दिन अघि ठोसेमा मौसमी राहत वितरणका लागि पुगेका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र नेपाल रेडक्रसका सभापति शिव कार्कीले पीडित परिवारका लागि चामल लिन आउन गाविसलाई आग्रह गरेका थिए ।टीकाप्रसाद भट्ट