Home »
» देउराली गाविसको गाउँ परिषद सम्पन्न
देउराली गाविसको गाउँ परिषद सम्पन्न
रामेछाप । पौष १९ गते
रामेछापको देउराली गाविसको गाउँ परिषद आइतबार सम्पन्न भएको छ । गाविस सचिव जनकराज काप्mलेको अध्यक्षतामा भएको परिषदमा गाविसको बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।
गाविसको निर्णय सार्वजनिकिकरण कार्यक्रममा गाविस स्थित राजनीतिक दलका प्रतिनिधिहरु, लक्षित समुदायका अगुवा, गाविस स्थिति सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रममा गाविसको यस वर्षको कुल २१ लाख ६८ हजार रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । गाविस सचिव काप्mलेले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाविसको पुँजिगत खर्च १७ लाख ३४ हजार र चालु तर्पmको बजेट ४ लाख ३४ हजार रहेको छ ।
परिषदले विकास निर्माणका योजनाको साथै लक्षित समुदायको लागि पनि ऐनले गरेको व्यवस्था अनुसार बजेट विनियोजन गरेको थियो ।