सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या

सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या

२० पुस, राजविराज ।
     सप्तरीमा प्रहरी सहायक निरीक्षक असईको हत्या भएको छ । जिल्लाको भारतीय सिमावर्ती गाउँ झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको थियो ।
    छाती तथा तिघ्रामा एकरएक गोली गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० निवासी सुब्बा ३५ बर्षका थिए । भद्र प्रहरीको रुपमा चिनारी बनाएका सुब्बाको कसैसँग कुनै किसिमको रिसइबी समेत नरहेको प्रहरी स्रोतको भनाइ छ । सुब्बा इन्चार्ज रहेको प्रहरी चौकीमा १६ जना प्रहरीको दरबन्दी थियो । घटनापछि त्यहाँका सम्पूर्ण प्रहरीलाई इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा सारिएको छ ।
       अहिले झुटकी आसपासको क्षेत्रमा व्याप्क प्रहरी परिचालन गरिएको छ । ‘अहिले त्यस क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ’ जिल्ला प्रहरी प्रमुख एसपी ढकालले भने हत्याराको तिब्र गतिमा खोजी भइरहेको छ ।’एस.के. शान

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap