रामेछाप । पुस २० गते
नेकपा एमाले बिजुलीकोटको गाउँ परिषद सोमबार सम्पन्न भएको छ । एमाले वैकल्पिक केन्द्रीय सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यता तथा पार्टी गाउँ कमिटि अध्यक्ष राजकुमार खड्काको आध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा एमाले रामेछापका उपाध्यक्ष प्रेम तामाङ, सचिव आनन्द श्रेष्ठ, सहसचिव झम्क कँडेल, जिल्ला कमिटी सदस्यहरु चित्र कार्की, पुरुषोत्तम कँडरिया, गोविन्द खड्का, अखिल नेपाल महिला संघ रामेछापकी अध्यक्ष शान्ता सापकोटा, जिल्ला विकास समिति रामेछापका पूर्वसदस्य जगन्नाथ दाहाल, लगायतले पनि अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अधिवेशनले राजकुमार खड्काको अध्यक्षतामा २५ सदस्सिय गाउँ कमिटी गठन गरेको छ । त्यस्तै सुमित्रा वस्नेतको अध्यक्षतामा महिला संघ र दीपक तामाङको अध्यक्षतामा युवासंघको गाउँ कमिटी पनि गठन गरेको छ ।