Home »
» रामेछापको मन्थलिमा पाचौँ अदीति घिमिरे कप खेलकुद प्रतियोगिता सम्पन्न
रामेछापको मन्थलिमा पाचौँ अदीति घिमिरे कप खेलकुद प्रतियोगिता सम्पन्न
रामेछाप,२० पुस
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पाचौँ अदीति घिमिरेकप खेलकुद प्रतियोगीता आइतबार सम्पन्न भएको छ । अदीती घिमिरेका पिता सुह्रद घिमिरेको सहयोगमा मन्थली उच्च माध्यामिक विद्यालय, मन्थलीले कार्यक्रम संचालन गरेको हो ।
 |
पाचौँ अदीति घिमिरेकप खेलकुद प्रतियोगीतामा अदीती घिमिरेका पिता सुह्रद घिमिरे,रामेछापका प्रमुख जिल्ला अधिकारि सेष नारायण पौडेल, जगदीस घिमिरेकी धर्मपन्ती दुर्गा धिमिरे लगाएतका अतिथिहरु
प्रतियोगितामा मन्थली उमाविका प्रावि देखि उमावि र सिटीइभीटी तहसम्मका छात्र र छात्राहरुको अलग अलग रुपमा एटलेटिक्स तथा भलिवल खेल प्रतियोगिताहरु सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुह्रद घिमिरेले खेलकुदले विद्यार्थीहरुको सर्वाङ्गिण विकास गर्ने भएकोले यसको प्रवर्धनको लागि आफूले निरन्तर सहयोग गरी रहने प्रतिवद्धता गरे । स्वर्गीय जगदीश घिमिरेको प्रेरणाले गर्दा आफूले मन्थली उमाविमा खेल संचालनको लागी सहयोग गरेको उनले बताए ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले खेलकुदको विकासले राष्ट्रको गौरब समेत उच्च हुने बताए । विद्यार्थीलाई सानो उमेरदेखि नै खेलकुदप्रति आकर्षित गराउन सके भविष्यमा दक्ष खेलाडी उत्पादनका दृष्टिकोणले समेत यो प्रभावकारी हुने पौडेलको भनाइ छ । ‘खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक र मानसिक तन्दरुस्त राख्न मद्दत पुर्याउँछ’ – उनले भने ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारी, समाजसेवी दुर्गा घिमिरे, पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले खेलकुद क्षेत्रको विकास गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोगको आवश्यकता रहेको धारणा राखे । घिमिरे परिवारले विगत पाचँ बर्ष देखि बिभिन्न खेलकुद प्रतियोगिता सन्चालन गर्न सहयोग पुगोस भनेर मन्थली उमावि मन्थलीलाई १ लाख ३५ हजार रकम बराबरको पुरस्कार राशि सहयोग गर्दै आएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएकोे थियो । भलिबल प्रतियोगितामा युवराज सुनुवारको टोलि केटाहरुबाट बिजयी भएको छ भने सिटीभिटीका केटीहरुको टोलि केटीहरुबाट बिजयी भएको छ । प्रतियोगिताको समापन समारोहमा एटलेटिक्स तथा भलिवलमा प्रथम ,द्धितिय र तृतिय भएका विद्यार्थिहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगिता पौष १६ गतेदेखि सुरु भएको थियो । कार्यक्रम कै विच यस बर्षपनि सुह्रद घिमिरेले मन्थली उमाविलाइ एक थान कम्प्युटर समेत हस्तान्तरण गरेका छन् ।
 |
पुरस्कारको ट्रफि उचाल्दै छात्राहरुबाट बिजयी सिटीभिटीमा अध्यनरत खेलाडि टोलि
 |
| केटाहरुबाट बिजयी भएको युवराज सुनुवारको टोलि |
हेर्नुहोस अन्य तस्बीरहरु
|
|