विमानस्थलको काम १० महिनादेखि अलपत्र - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » विमानस्थलको काम १० महिनादेखि अलपत्र

विमानस्थलको काम १० महिनादेखि अलपत्र

रामेछाप । माघ ५ गते,
    इन्धन र भारतबाट आयात गर्नुपर्ने विटुमिनको अभावले रामेछाप विमानस्थल कालोपत्रे गर्ने योजना १० महिनादेखि अलपत्र परेको छ ।
    जिल्ला प्रशासन कार्यालयले जिल्लामा अत्यावश्यक सेवा र निर्माण कार्यलाई ईन्धन उपलव्ध गराउने प्रतिवद्धता जनाइरहेका बेला विमानस्थल निर्माणमा स‌लग्न निर्माण व्यवसायी भने इन्धन र विटुमिनको खोजीमा काठमाडौंतिर भौंतारिरहेका छन् ।
‘म नागरिक उडड्न प्राधिकरणमा यहि कामले आएको छु,’ निर्माण व्यवसायी केदार कार्कीले टेलिफोनमा भने, 'प्राधिकरणले अग्राधिकार दिएर इन्धन र विटुमिनको व्यवस्थापनका लागि पत्राचार गरेको जनाउ दिएको छ ।'
    कालोपत्रेका लागि १५ हजार लिटर मट्टीतेल र ७ हजार लिटर डिजेल आवश्यक पर्ने उनले वताए ।

   काठमाडौं भन्दा पूर्वपहाडमा सवैभन्दा नजिक पर्ने रामेछाप विमानस्थललाई प्राधिकरणले आपतकालिन अवतरण र होल्ड भएका विमानहरुलाई राख्ने गर्दै आएको थियो । कालोपत्रे नहुँदा पनि उक्त विमानस्थल बाह्रै महिना उडान र अवतरणका लागि उपयुक्त मानिथ्यो ।
- टीकाप्रसाद भट्ट , मन्थली

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap