रामेछापको गागलभदौरे गाविसको गाउँ परिषद सोमबार सम्पन्न भएको छ । गाविस सचिव पासाङकुमार लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा गाविसस्थीत राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, महिला, दलित, आदिवासी, शिक्षक, बुद्धिजीवि लगायतको सहभागिता रहेको थियो । परिषदले यस वर्ष कुल १९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा पूँजिगततर्फ १५ लाख १९ हजार र चालुतर्फ ४ लाख ३४ हजार रुपैयाँ विनियोजित गरेको छ । गाविसको निर्देशिका अनुसारनै अन्य विभिन्न लक्षित वर्गको शीर्षकमा रकम छुट्याइएको सामुदायिक रिपोटर निरा घिसिङले जानकारी दिनु भयो ।
यसैबीच गागल भदौरे सोमबारबाट साक्षर गाविस घोषित भएको छ । गाविसका ९५ प्रतिशत मानिसहरु साक्षर भएपछि साक्षर गाविस घोषणा गरिएको हो ।
उता साँघुटार गाविसको गाउँ परिषद पनि सम्पन्न भएको छ । परिषदले कुल २१ लाख ३३ हजार रुपैयाँ रकम विनियोजित गरेको छ । चालुतर्फ ४ लाख ३४ हजार र पूजिगततर्फ १६ लाख ९९ हजार रुपैयाँ छुट्याइएको छ । कार्यक्रम गाविस सचिव गणेसप्रसाद घिमिरेको अध्यक्षतामा भएको सामुदायिक रिपोटर मेनुका ढकालले जानकारी दिनु भयो ।
यसै गरी गेलू गाविसको गाउँ परिषद पनि सोमबार सम्पन्न भएको छ । गाविस सचिव कुलविक्रम श्रेष्ठको अध्यक्षता तथा साँसद श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा परिषद भएको हो ।
परिषदले १९ लाख ५३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको सार्वजनिकिकरण गरिएको थियो । कार्यक्रममा बोल्दै साँसद श्रेष्ठले स्थानीय निकायमा आएको बजेटको उचित सदुपयोग गर्न सके स्थानीय स्तरका धेरै काम गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा सो गाविसमा उल्लेख्य काम गर्ने सामाजिक संस्था र सो गाविसबाट एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत सम्मानित गरिएको सामुदायीक रिपोर्टर सुनिता भुजेलले जानकारी दिनु भयो ।