Home »
» लखनपुरको चौरी खोलामा पक्की पुल बन्ने
लखनपुरको चौरी खोलामा पक्की पुल बन्ने
रामेछाप । माघ ८ गते
रामेछापको लखनपुरको चौरी खोलामा पक्कि पुल बन्ने भएको छ । सो पुलको शुक्रबार सिलान्यास भएको छ ।
नागरिक तथा पर्यटन उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले पुलका सिलाग्यास गर्नु भएको हो। कार्यक्रममा बोल्दै पर्यटन मन्त्री पोख्रेलले रामेछापको शैलुङ क्षेत्रलाई पर्यटकिया क्षेत्र घोषणा गर्ने पनि बताउनु भयो । राजनीतिक प्रसँगमा उहाँले अहिलेको समस्या समाधान गर्न सहमति नै एउटा विकल्प रहेको बताउनु भयो । उहाँले सबै दलहरुबीच सहमति गराएर राजनीनितक गतिरोध अन्त्य गर्ने बताउनु भयो ।
कार्यक्रममा सांसदहरु श्यामकुमार श्रेष्ठ, कमला सुवेदी, शिवबहादुर खड्का, पूर्व सभाषद डिल्लिमान तामाङ लगायतले पनि मन्तव्य राख्नु भएको थियो ।
२ करोडको लागतमा निर्माण हुन लागेको सो पुलको निर्माण कार्य २५ महिनामा सम्पन्न हुनेछ । मानबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानीय वासी लगायतको सहभागिता रहेको थियो ।