आफ्नै डिजाइनमा घर - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » आफ्नै डिजाइनमा घर

आफ्नै डिजाइनमा घर

रामेछापको बाम्तीमा निर्माण भएको भूकम्प प्रतिरोधी काठको घर। 


माघ ८, २०७२ 

     भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सरकारले दिने डिजाइन र अनुदान टुंगो नलागेपछि बाम्तीवासीले आफ्नै सुरमा धमाधम घर बनाउन थालेका छन्।       ‘सरकारले कहिले नक्सा र डिजाइन देला भनेर धेरै बसियो,’ स्थानीय चूडामणि श्रेष्ठले भने, ‘सरकारको मौनता हेरेर वाक्क भएपछि आफूखुसी निर्माण थालेका हौं।’ उनले हाल ३ तले काठको घर बनाइसकेको बताए। भूकम्पपछि पूर्णक्षति भएको स्थानीय रत्नज्योति बजारमा श्रेष्ठमात्र होइन, धेरैले काठको सहारामा पुनर्निर्माण अघि बढाएका छन्। उच्च पहाडी क्षेत्र भएकाले हिउँ र तुसारोबाट बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउन पुनर्निर्माणलाई अभियानकै रूप दिएका हुन्।    

   बाम्तीका गुर्मान दर्जीले बनाएको घर सबैको आँखामा परेको छ। उनले कुनै इन्जिनियरको सहारा नलिई बनाए। स्विस साथीले फेसबुकमा राखेको फोटोको सहारा लिएर निर्माण थालेका गुर्मानले झन्डै १० लाख खर्चेका छन्। उनको विचारमा घर भूकम्पबाट सुरक्षित छ। सबै निर्माण सामग्री काठको प्रयोग गरेर बनाएको दर्जीको घरको डिजाइनलाई नै अरूले पछ्याउन थालेका छन्। बाम्ती धेरै चिसो ठाउँ हो। काठबाट बनेका भवनमा भित्र कसैले प्लाई ठोकेका छन्। कसैले फल्याकलाई नै चिसो नपस्ने गरी खापा काटेर बनाएका छन्। त्यसो गर्दा फल्याक जोडिएको स्थानबाट भित्र चिसो नपस्ने गुर्मानले बताए।        

      सामुदायिक र निजी जंगलबाट काठ ओसार्ने पनि उत्तिकै छन्। रत्नज्योति बजारमा मात्र झन्डै ५० काठका घर बन्दैछ। त्यसका लागि हजारौं क्युफिट काठ काटिएको छ। स्थानीय दोर्जी शेर्पाका अनुसार धेरै काठ निजी जंगलबाट ल्याएको हो। जिल्ला वनका अनुसार बाम्तीको पुनर्निर्माणका लागि स्थानीय सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्ना उपभोक्तालाई सहुलियत दरमा काठ उपलब्ध गराएको छ।टीकाप्रसाद/कान्तिपुर

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap