रामेछाप । माघ ७ गते, सशस्त्र द्वन्द्व र जनआन्दोलनको बेलामा वेत्ता भएकाहरुको स्मृतिमा रामेछापको सदरमुकाम मन्थलीमा प्रतिक्षालय निर्माण गरिएको छ । नव निर्मित प्रतिक्षालयको बिहीबार रामेछाप क्षेत्र नं २ का साँसद श्यामकुमार श्रेष्ठले उद्घाटन गर्नु भयो ।
रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसीको हातेमालो परियोजना अन्तर्गतको कार्यक्रमको संयोजनमा सो प्रतिक्षालय निर्माण भएको हो । आइसीआरसीको तथ्याङ्क अनुसार रामेछाप जिल्लाका द्वन्द्वको समयमा वेपत्ता पारिएका १७ जनाको स्मृतिमा सो प्रतिक्षालय निर्माण भएको हो । प्रतिक्षालय निर्माणको लागि रामेछाप क्षेत्र नं २ का सांसद श्यामकुमार श्रेष्ठको सांसद कोषको रकम २ लाख, आइसीआरसीको हातेमालो परियोजनाको रकम १ लाख, रामेछापका सांसद शिवबहादुर खड्काको सांसद कोषको रकम १ लाख, मन्थली नगरपालीकाको ५० हजार, वेपत्ता परिवारको रकम ४६ हजार तथा अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा कुल ४ लख ३७ हजार रुपैयाँको लगानिमा सो प्रतिक्षालय निर्माण भएको हो । प्रतिक्षालय उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतिक्षालयले वेपत्ता भएकोहरुको स्मरण र उनीहरुको परिवारप्रति सम्मान भएको बताएका थिए । वेपत्ता परिवारका सदस्यहरुले भने आप्mना मानिसहरुको अवस्था सार्वजनिक गर्नु पर्ने माग गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद श्यामकुमार श्रेष्ठले विगतको आन्दोलमा ज्यान गुमानउने, वेपत्ता हुने तथा अंगभंगहुनेहरुकै त्यागले देश यो अवस्थामा पुगको बाउँदै अब देशको राजनीतिलाई तार्किक निष्कर्षमा पु¥याउनु पर्ने बताउनु भयो ।
एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले द्वन्द्वको पीडाबाट पाठ सिक्दै अब मुलुकको समृद्धिमा सबैको ध्यान जानु पर्ने बताउनु भयो ।
एनेकपा माओवादीका केन्द्रीय सदस्य धावा लामाले वेपत्ताका परिवारलाई राज्यले सम्मान गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नु भयो । एमाओवादीका जिल्ला अध्यक्ष डिल्लिमान तमाङले द्वन्द्वलाई अन्त गरी अब निर्माणमा लाग्नु पर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले विगतको पीडालाई विर्सदै देश निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।
रामेछाप रेडक्रसका अध्यक्ष शिवकुमार कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा आइसीआसीका रामजि श्रेष्ठ लगायतले पनि मन्तव्य राखेका थिए ।