जगदीश पछ्याउँदै रामेछाप - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जगदीश पछ्याउँदै रामेछाप

जगदीश पछ्याउँदै रामेछाप

   पुस २०७२-साहित्यकार जगदीश घिमिरे बितेको दुई वर्षपछि उनले थालेको साहित्यिक अभियान लिएर दाजु नगेन्द्रराज शर्मा मन्थली पुगेका छन्।स्वर्गीय घिमिरेले हरेक पुस महिनामा रामेछापमा साहित्यिक गोष्ठी गर्थे। त्यही मेसोलाई निरन्तरता दिने अगुवाइ शर्माले गरेका हुन्। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे सहितका नाम चलेका कवि, गजलकार र साहित्यकारहरूको जम्बो टोली शनिबार जगदीश घिमिरेको आँगनमाबसेर आफूले गरेका साहित्य सृजना सुनाए। कसैले कविता त कसैले गजल।लेखिका एवं समाजसेवी दुर्गा घिमिरे अध्यक्ष रहेको जगदीश घिमिरे प्रतिष्ठानले गरेको जगदीश स्मृति साहित्यिक भेलामा धेरैले स्वर्गीय जगदीश घिमिरेकै बारे भावना पोखे। अध्यक्षता आसन ग्रहण गरेर बसेकी जगदीश–पत्नी जगदीशप्रति पोखिएका शब्दहरू सुनेर भावुक बन्दै थिइन्। उनका सामुन्ने नाम चलेकादेखि नवोदितसम्म झन्डै दुई दर्जन स्रष्टाले आ–आफ्ना रचना सुनाए।

साहित्यकार स्वर्गीय जगदीश घिमिरेको सम्झनामा रामेछापको मन्थलीमा आयोजना गरिएको जगदीश घिमिरे स्मृति साहित्यिक भेलामा सहभागी कवि–कवयित्रीहरू।

कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरे, नगेन्द्रराज शर्मा, डा. ज्ञानु पाण्डे, रोचक घिमिरे, मात्रिका पोखरेल, प्रह्लाद पोखरेल, रामजीप्रसाद उपाध्याय, राजेन्द्र पराजुली, पवन आलोक, डा. सुमन कर्माचार्य, रामचन्द्र वियोगी, पेशल आचार्य र लालबहादुर तामाङ लगायतका स्रष्टाले रचना सुनाए।
रामेछाप प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र समीर घिमिरे लगायतले समाजसेवा र साहित्यमा जगदीश घिमिरेले दिएको योगदानको चर्चा गरे।अधिकांश वक्ताले स्वर्गीय घिमिरेले गरेको साहित्यिक यात्रा–अभियानलाई निरन्तरता दिन आग्रह गरे। कार्यक्रममा सहभागी साहित्यकारलाई उपकुलपति घिमिरेले प्रमाणपत्र वितरण गरे।
टीकाप्रसाद भट्ट , मन्थली

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap