‘नाइँ नभन्नु ल ४’ नचल्दै नाफामा - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » ‘नाइँ नभन्नु ल ४’ नचल्दै नाफामा

‘नाइँ नभन्नु ल ४’ नचल्दै नाफामा

पुस २०७२

 नेपाली फिल्म इतिहासमै ‘नाइँ नभन्नु ल ४’ ले सर्वाधिक ठूलो रकम मिनिमम ग्यारेन्टी (एमजी) पाएको छ। फिल्मलाई उपत्यका बाहिर र उपत्यकाकै वितरकले ८५ लाख रुपैयाँ एमजी दिएका छन्।


विकास आचार्य निर्देशित यो फिल्म चैत २६ देखि प्रदर्शनमा आउँदै छ। तर फिल्मलाई उपत्यका बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीले कम्तीमा ५० लाख रुपैयाँ निर्मातालाई दिने गरी सम्झौता गरेको छ। ‘त्यसभन्दा बढीको व्यापारमा ६०/४० प्रतिशतले सेयर बाँडिनेछ,’ निर्देशक आचार्यले भने। उनका अनुसार, उपत्यका बाहिर फिल्मले ५० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको रकममा वितरकले ४० प्रतिशत लिएर बाँकी निर्मातालाई नै दिनेछन्। उपत्यकाभित्र भने वितरक सुनील मानन्धरले ३५ लाख रुपैयाँ एमजीमा किनेको बताए।‘३५ लाख रुपैयाँभन्दा बढीको सेयर आधाआधा बाँडिनेछ,’ यसअघि ‘नाइँ नभन्नु ल ३’ को पनि उपत्यकामा वितरण गरेका सुनिलले भने, ‘यसअघि यसैका अरू फिल्मले गरेको व्यापारकै कारण लगानी गर्ने आँट आएको हो। फिल्मको ब्यानरदेखि सांगीतिक रूपमा बलियो देखेकैले लगानी सुरक्षित हुनेमा ढुक्क छु।’ सुनीलका अनुसार, ‘नाइँ नभन्नु ल ३’ ले उपत्यकाभित्र मात्रै झन्डै ६० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। उक्त फिल्ममा आर्यन सिग्देल भएकाले पनि व्यापारमा स्टारकास्टको बोनस प्वाइन्ट थियो भने यसपटक म्युजिक भिडियोका मोडल पल शाहले पुरुष कलाकार नेतृत्वको जिम्मा सम्हालेका छन्। ‘नाइँ नभन्नु ल ४’ ले सांगीतिक रूपमा सफलता पाइसकेको छ।निर्देशक विकासले नै सांस्कृतिक महत्त्व दर्साएर लेखेको ‘मैना राजा मैना रानी...’ गीत ६ लाख ३० हजारभन्दा बढीले हेरिसकेका छन्। संगीतको आम्दानी नजोड्दै फिल्म नाफामा गएको विकासले खुसी हुँदै साझेदार गरे। ‘नाइँ नभन्नु ल ४’ मा पल शाह, वर्षा राउत, आँचल शर्मा थपिएका छन् भने प्रियंका कार्की, अनुभव रेग्मी, सरोज खनालले निरन्तरता पाएका छन्। उनले झन्डै ७० लाख रुपैयाँमा फिल्म निर्माण गरेको जनाउँदै यसअघि भुवन केसीको ‘सुपरस्टार’ ले सर्वाधिक ४२ लाख रुपैयाँ एमजी पाएको खुलाए।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap