रामेछाप,पौष २४ गते ।
संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले देश विकासका लागि सबै जनता एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।
मन्थली नगरपालिकाको पाचौ नगरपरिषद् कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जवेगुले लामो समयपछि देशमा संविधान निर्माण भएको र अब संबिधानमा अपुग रहेका कुराहरु संसोधन मार्फत पुरा गरि सर्वस्विकार्य बनाई कार्यान्वयन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संसारको बिकसित राष्टहरुको नजरमा नेपाल एउटा गरीब राष्ट्र देखीएपनी स्रोत र साधनमा नेपाल धनी रहेकोले त्यसको सदुपयोग गर्न सके विश्वमै नेपाल धनी देश बन्न सक्ने उहाको भनाई थियो । एउटा दलले चाहेर मात्रै विकासको काम हुन नसक्ने भन्दै उहाले सबै दलबीच विकासमा सहमति आवश्यक रहेको बताउनुभयो ।
जबेगुले लोकतन्त्रमा बिनाविचार र बिनाआस्थाको कोही पनि नहुने बताउनुभयो । तर देश बनाउने बेलामा मुलुक र जनताको समृद्धिको बाटोमा केहिपनि तेर्सिन नहुने उहाको भनाई छ । विचार र आस्था लोकतन्त्रका सुन्दर पक्ष हुन, तर हरेक विकास कार्यमा पार्टीगत स्वार्थ राखेर जुहारी खेल्न नहुने र विकास अवरुद्ध गर्न नहुने उहाको भनाइ थियो । राजनीतिक कुरा, चुनावका बेला मात्र गर्नुपर्छ ।
चुनावमा जसले विजयी प्राप्त गर्छ, सो अवधिभर देश र जनताको काममा समर्पित हुनुपर्छ उहाले भन्नुभयो । कुनै एक व्यक्ति वा पार्टीले मन्थली वा राष्ट्र बनाउन सक्दैन, राज्यमन्त्री जबेगुले भन्नुभयो–सबै दल, सबै जनता, सबै नागरिक समाज, बौद्धिक वर्ग मिलेर मात्र राष्ट बनाउन सकिन्छ र त्यो दिगो हुन्छ उहाको भनाई छ । हरेक शहर सफा शहर, सुन्दर शहर, सूचनामैत्री शहर बनाउने बर्तमान सरकारको योजना रहेको उहाले बताउनुभयो । मन्थली नगरपालिकाको विकासका निम्ति यहाँ रहेका सबै पार्टी एकढिक्का रहेको आफूले थाहा पाएको र यो शुभसंकेत भएको उहाको भनाई थियो ।
मन्त्री जबगुले बर्तमान सरकारले हरेक नगरपालिकाले कम्तीमा १ किलोमिटर कालोपत्रे सडक निर्माण गरोस् भनेर रु ९२ लाख १६ हजारका दरले रकम पठाएको र सो कार्य सम्पन्न गरेको जानकारी आएपछि थप रु १ करोड अनुदान रकम उपलब्ध गराउने सरकारको नीति रहेको जानकारी गराउनुभयो । सौर्य बत्तीका लागि पनि प्रशस्त रकम उपलब्ध गर्न सकिने भएकोले छिटो भन्दा छिटो काम सम्पन्न गर्न र थप रकम प्राप्त गर्न उहाले सुझाव दिनुभयो । नयाँ संविधानले नगरपालिकालाई अधिकार सम्पन्न बनाएकाले अब आफ्नो नगर आफै बनाउनु पर्ने उहाको धारणा छ ।
कार्यक्रममा मन्थली नगरपालीकाका कार्यकारी अधिकृत पुरुसोक्तम सापकोटाले चालु अर्थिक बर्षमा हाल सम्म भएका प्रगतीको समिक्षा तथा आगामि आर्थिक बर्षको निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यकारी अधिकृत सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, स्थानिय बिकास अधिकारी दिनेशराज पन्त, पुर्ब सभाषदद्धय तारानारायण श्रेष्ठ बिगुल, लक्ष्मी गुरुङ, जिल्ला स्थीत राजनैतिक दलका नेताहरु लगायत स्थानिय सरोकारवालाहरुले नगरपरिषदको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।