रामेछापमा घरेलु हिंसा बढ्यो/प्रहरीमा ३२ उजुरी दर्ता - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापमा घरेलु हिंसा बढ्यो/प्रहरीमा ३२ उजुरी दर्ता

रामेछापमा घरेलु हिंसा बढ्यो/प्रहरीमा ३२ उजुरी दर्ता


रामेछाप, १८ पुस ।
     जिल्ला प्रहरी कार्यालय रामेछापमा १ बर्षको अवधिमा घरले हिँसाका ३२ सहित ८१ वटा उजुरी परेका छन् । जसमध्य ३२ वटा महिलासंग जोडिएको घरेलु हिंसामात्र रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
     सन् २०१६ को जनवरी १ देखि डिसेम्बर अन्तिमसम्मको अवधिमा घरेलुहिंसाका ३२ उजुरी दर्ता भएकोमा २१ मिलापत्र भएको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रेम जोशीले जानकारी दिए । जोशीका अनुसार एक वर्षमा ४ वटा घटना अदालती प्रक्रियामा ग एभने निवेदक सम्पर्कमा नआएको ७ उजुरी रहेका छन् । त्यसैगरी एउटा उजुरी भने प्रक्रियामा नै छ ।
    एकवर्षको अवधीमा प्रहरीमा कर्तब्य ज्याजमा २ वटा उजुरी परेकोमा २ वटै फर्छौट भएका छन् । यसैगरी जवरजस्ती करणीका ५ उजुरी परेकोमा ४ वटा फर्छौट भएका छन् । ती मध्ये एउटा उजुरी प्रक्रियामा रहेको छ । बालबिबाहाको एउटा उजुरी परेकोमा फर्छौट भएको छ ।
    बाल यौन दुराचारको एउटा उजुरी दर्ता भई फर्छौट भएको छ । जवरजस्ती करणी उद्योगको ५ वटा उजुरी परी ४ वटा फर्छौट भएको र एउटा प्रक्रियामा रहेको छ । मानव बेचबिखन तथा ओसारपसारको एउटा उजुरी दर्ता भई फर्छौट भएको प्रवक्ता जोसीले जानकारी दिए । जातिय भेदभावको एउटा उजुरी प्रहरीमा परेकोमा फर्छौट भएको छ ।
    जोसीका अनुसार झुण्डीएर आत्महत्याका १२ उजुरी दर्ता भएकोमा १२ वटै फर्छौट हुन बाकी रहेका छन्, भवितब्य ज्यान ९ वटा उजुरी परेकोमा सबै फर्छौट हुन बाँकि रहेका छन् । सवारी दुर्घटनामा परी ज्यान गएको २ वटा उजुरी परेकोमा २ वटै फर्छौट भैसकेको प्रवक्ता जोसीले बताए ।
    त्यस्तै विष सेवनगरी आत्महत्या गरेको ६ वटा उजुरी दर्ता भएकोमा सबै फर्छौट हुन बाँकी रहेका छन् । केहि सार्वजनिक अपराधका २ वटा उजुरी परेकोमा २ वटै फर्छौट भएका छन् ।
     त्यसैगरी चोरीको एउटा उजुरी परि फर्छौट भएको छ भने फुटकर ज्यानको एउटा उजुरी परेकोमा त्यो प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap