रामेछापको भुजिमा बिपद ब्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » रामेछापको भुजिमा बिपद ब्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन

रामेछापको भुजिमा बिपद ब्यवस्थापनका क्षेत्रमा बजेट बिनीयोजन





नारायण श्रेष्ठ/रामेछाप,मंसिर २० गते ।

    रामेछापको भुजि गाविसमा बिपद् ब्यवस्थापनको लागि बजेट बिनियोजन गरिएको छ । बिपत ब्यवस्थापन समिति भुजिको सक्रियतामा गाविसले विपद् ब्यवस्थापनको लागि बजेट विनियोजन गरेको हो । 
       गत बिहीबार सम्पन्न भएको भुजी गाविसको गाउँपरिषदले गाविसमा विपद् ब्यवस्थापको शीर्षकमा पूँजीगत अनुदान तर्फ ३० लाख ६२ हजारको १० प्रतिशतबाट हुन आउने तीन लाख रुपैयाँ रकम बिपद ब्यवस्थापनमा विनियोजन गरेको हो । तीन लाख रकम मध्य एक लाख विपद् व्यवस्थापन सम्वन्धी आकष्मिक कोष खडा गर्ने र बाकि २ लाख रकम विपद् जोखिम न्यूनिकरणका योजनामा खर्च गर्ने गरि छुट्याइएको छ । कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति तथा योजना तर्जुमा उपसमिति भुजिद्वारा युरोपियन यूनियनको आर्थिक सहयोगमा सामुदायिक विकास समाज मन्थली रामेछाप र मिसन ईष्टको सयुक्त साझेदारिमा सञ्चालित नेपालको भुकम्प प्रभावित क्षेत्रहरूमा पुर्नलाभ र पुननिर्माणको लागि समुदायमा आधारित समावेशी बिपद् पूर्व तयारि प्रवद्र्ध्धन कार्यक्रमको विषेश संयोजनमा तयार गरिएको ५ बर्षे स्थानिय विपद् जोखिम व्यवस्थापन योजाना समेत अनुमोदन गरिएको छ ।
     निर्माण गरिएको योजनाहरू मध्ये २ ओटा अल्पिकरणका योजना कार्यान्वयन र विपद् व्यवस्थापन समितिलाई खोज तथा उद्दारका सामाग्री खरिदको लागि करिब चार लाख वरावरको सहयोग गर्ने कार्यक्रमका डि आर आर प्रोगाम म्यानेजर बलराम लामाले जानकारि दिनु भयो । नेपालमा हरेक बर्ष भुकम्प, बाढीपहिरो जस्ता बिपत्तीले ठुलो जनधनको क्षती हुने गरेको छ । 
     यसरी विपद् व्यवस्थापनको क्षेत्रमा बजेट विनियोजन गर्ने भूजी पहिलो गाविस भएकोले भुजी गाविसबाट अरु गाविसले पनि पाठ सिक्नु पन सामुदायीक बिकास समाज अन्र्तगत भुजि गाविसका डि आर आर सहजकर्ता धुर्वकुमार श्रेष्ठले बताउनुभयो । अब प्रत्येक बर्ष यसै गरी १० प्रतिशत रकम बिपद ब्यवस्थापनको क्षेत्रमा छुट्टाइने भुजि गाविसका सचिब केशर बहादुर खत्रीले बताए ।
 २०७२ सालको महाभुकम्प र २०७३ श्रावनमा गएको बाढी पहिरोले भुजि गाविसका स्थानिय ठुलो प्राकृतीक बिपत्तीमा परेका थिए ।  त्याहाका समुदायलाई उत्थानशिल बनाउनकै लागी बिपद ब्यवस्थापनको क्षेत्रमा बजेट बिनीयोज गर्न पहल गरीएको बिपद् ब्यवस्थापन समीती भुजिले जनाएको छ । 

Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap