असोज २१, रामेछाप ।
रामेछापको उत्तरी क्षेत्र बाम्तीमा अवस्थीत सहकारी सस्था नब बाम्ति भण्डार बहुउदेश्य सहकारी सस्था लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैको लागि नयाँ नोट बितरण गरेको छ ।
बिगत ७ बर्ष अगाडि देखि दशैको अबसर पारेर आफ्ना सेयर सदस्य र अन्य ब्यत्तिहरुलाई ५, १०, २०, ५० र १०० रुपैयाँका नया नोटहरु बाडिएको सस्थाका अध्यक्ष दानुरी लामाले बताउनुभयो । सस्थाले शुक्रबार पहिलो दिन मात्रै १० लाख भन्दा माथि नोट साटेको र थप ४ लाख रुपैया थप गरी २३ गते बिहान ११ बजे सम्म नोट साट्ने सस्थाका ब्यबस्थापक दिनेश कुमार कार्कीले बताउनुभो । त्यस्तै छुट भएको सदस्यलाई पनि शनिबार र आईतबार बिहान सम्ममा नोट साटिने उहाले बताउनुभयो ।
सस्थाले बडा दशैको उपलक्ष्यमा शनिबार शुभकामना आदनपदान चियापान कार्यक्रम गर्न लागेको छ । शनिबार बाट बिबिध कारणले सस्थाको कार्यलय रत्नज्योतिमा स्थान्तरण हुने भएकोले सबैलाई उपस्थित हुन ब्यस्थापक कार्कीले आगह समेत गर्नुभएको छ ।

