रामेछाप । भदौ २४ गते,
रामेछाप जिल्लाका बिभिन्न ठाउहरुमा जाने कच्ची सडकहरुमा सञ्चालन हुने यातायातका साधनको भाडादर निर्धारण गर्न सडक प्राविधिक समिति गठन भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचनद्र अधिकारीको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्था समितिको बैठकले यस्तो समिति बनाएको हो ।
उक्त समीतीको सयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापा हुनुहुनछ भने प्रविधिक कार्यलयका ईन्जीनियर सदस्य सचिब रहनु भएको छ । यस्तै समितिमा जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय ,सडक डिभिजन कार्यालय ,जिल्ला ट्राफिक कार्यालय,यातायात व्यवसायी ,यातायात मजदुर ,उपभोक्त मञ्च,पत्रकार महासंघका प्रतिनिधी सदस्य रहेका छन् ।
बैठकले मन्थलीबाट काठमाण्डौ सम्म चल्लने सबै प्रकारका सवारी साधनहरुले साउन २१ गते यातायात व्यवस्था विभागले तोकेको भाडादर कायम गर्ने निर्णय पनि गरेको छ । आजको बैठकमा जनकपुर अञ्चल भित्रका जिल्लाहरुबाट अस्थायी रुट ईजाजतका लागी माग भई आए अनुसार कायम गरीएका अस्थायी बाटोहरुमा स्थायी रुट ईजाजत नदिइए सम्मको लागी बस ब्यवसायीहरुले रित पुर्बक अस्थायी ईजाजत माग गरेमा नियम अनुसार यातायात ब्यवस्था कायालय बाट रुट ईजाजत पत्र दिने र रुट ईजाजत पत्र प्राप्त नगरी कुनै पनि सार्बजनिक यातायातका साधनहरुलाई सञ्चालनमा नल्याउने निर्णय गरीएको छ । यसभन्दा अगाडि रुटपरमिटको समस्या रहेपनि अहिले रामेछापका ३५ सडकमा रुटपरमिट दिने निर्णय यातायात व्यवस्था समितिले गरिसकेकाले रुटपरमिट नलिएका यातायातहरुलाई रुटपरटि लिन पनि बैठकले आग्रह गरेको छ ।


