आसोज १४ गते ,रामेछाप
मन्थली/रामेछापको सदरमुकाम मन्थलीमा ब्यवसायीक बाख्रा पालन सम्वन्धी ३ दिने तालिम आज सम्पन्न भएको छ ।
रेडक्रसको अन्तराष्ट्रीय महासंघको आर्थीक सहयोग र जिल्ला पशुसेवा कार्यालय रामेछाप सँगको समन्वयमा नेपाल रेडक्रस सोसाईटी भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापले उक्त तालिमको आयोजना गरेको हो । असोज १२ गते बुधबार बाट सुरु भएको तालिममा मन्थली नगरपालीका २ का २५ जनाको सहभागीता रहेको थियो । तालिममा अधिकाशं माझी समुदायका महिलाहरुको सहभागीता रहेको थियो ।
तालीममा पशु सेवा कार्यालय रामेछापका पशु अधिकृत डा महेस देउबन्जार र धनसुन्दर प्रसाद साह लगायतले प्रशिक्षण सहजिकरण गर्नु गर्नु भएको थियो । सो तालीममा बाख्रामा लाग्ने प्रमुख रोगहरुको रोकथाम तथा उपचार विधि वारे बाख्राको प्रजनन व्यवस्थापन बाख्राले खाने घासको व्यवस्थापन बाख्रा राख्ने गोठको ब्यवस्थापन लगायतको विषयहरुमा प्रशिक्षण दिइएको थियो । महिलाहरुको जिविको पार्जन पर्बदन गर्ने उद्धेश्यले तिनदिने ब्यवसायीक बाख्रापालन तालिमको आयोजन गरीएको रेडक्रसको भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगतको जिविकोपार्जन अधिकृत सुसान्त राउतले बताउनुभयो ।
समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रामेछापका सभापती शिव कुमार कार्की, पशु सेवा कार्यलय रामेछापका प्रमुख ज्ञान बहादुर थापा र प्रेस युनियनका जिल्ला अध्यक्ष बद्री नयाघरेले तालिममा सहभागीहरु लाई प्रमाण बितरण गर्नु भएको थियो ।





