प्रेस चौतारी रामेछापको अध्यक्षमा पुनः घिसिङ - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » प्रेस चौतारी रामेछापको अध्यक्षमा पुनः घिसिङ

प्रेस चौतारी रामेछापको अध्यक्षमा पुनः घिसिङ


रामेछाप,असोज ३ गते 
       मन्थली/प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ चयन भएका छन् । सोमबार मन्थलीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट घिसिङ दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
      समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा–कैलाश खत्री, सचिव– लेखबहादुर विक, सह–सचिव प्रज्वल पौडेल र कोषाध्यक्षमा– शान्ता श्रेष्ठ चयन भएकी छन् । त्यसैगरी सदस्यहरुमा पार्वती पाठक, नवराज  श्रेष्ठ, सीता पुरी र शंकर वरुवाल चयन भएका छन् । कार्यसमितिमा दुई जना पछि थप गरिने नव गठित समितिका अध्यक्ष युनिक विफ घिसिङले जानकारी दिएका छन् ।  
       अधिवेशनको उद्घाटन समारोहलाई संवोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारिताको पक्षमा रहेको बताए । पत्रकारहरुको व्यवसायिक क्षमता अभिबृद्धिको लागि प्रेस चौतारी नेपाल निरन्तर लागिरहेको पनि उनले बताए । 


       कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले नेपालको पत्रकारिता अझै व्यवसायिक र खोजमूलक बन्न नसकेको बताए । उनले पत्रकारहरुलाई पेशागत धर्म निर्वाह गर्न पनि आग्रह गरे । कार्यक्रममा चौतारीका महासचिव राजेश राई, ३ नं प्रदेश इञ्चार्ज विष्णुमणी सुवेदी, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य चिरञ्जीवि मास्के लगायतले नेपालको पत्रकारितामा पे्रस चौतारी नेपालले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए । 
Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap