रामेछाप । असोज १ गते
मन्थली /रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले ६७ लाख ६७ हजार २ सय ३९ रुपैयाँ नाफा कमाएको छ । संस्थाले आप्mनो १९ औ वार्षिक साधारण सभामा मन्थलीमा आयोजना गरेको कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
साधारण सभामा कोषाध्यक्ष सुरेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदमा सो कुरा उल्लेख छ । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयर पँुजि ४ करोड ७७ लाख ७१ हजार ४ सय पुगेको छ । त्यसै गरी ४९ करोड ६ लाख २३ हजार ८ सय ५५ संस्थाले बचत संकलन गरेको छ । त्यसैगरी ४१ करोड ८५ लाख ८२ हजार ९ सय ३६ संस्थाले ऋण लगानि गरेको कार्यक्रममा कोषाध्यक्ष श्रेष्ठले जानकारी गराएका थिए । उनले संस्थाको कुल समपत्ति ६० करोड ५६ लाख १३ हजार ३ सय १ रहेको पनि कार्यक्रममा जानकारी गराए ।
संस्थामा एक बर्ष भित्र कम्तीमा १ हजार जना शेयर सदस्य थप्ने लक्ष राखिएको संस्थाका सचिव गोविन्द प्रसाद घिमिरेको प्रतिवेदनमा उल्लेख छ । सचिव घिमिरेको प्रतिवेदनमा सदस्य केन्द्रीत पाठेघरको शल्यक्रिया,हाईड्रोसिल,हर्निया,नाक कान घाटि मिर्गौला,दन्त मोतिविन्दुको शल्यक्रिया तथा हाडजोर्नी लगायतका बिशेषज्ञ स्वास्थ्य शिविरहरु यो आर्थिक बर्षमा सञ्चालन गर्ने उल्लेख रहेको छ । त्यसैगरी जिल्लाको २ नगरपालीका र ६ गाविसहरुमा तामाकोशी सहकारी अस्पतालको चिकित्सक सहितको स्वास्थ्य टोलीबाट कम्तीमा एकपटक जनरल स्वास्थ्य शिविर संचालन गर्ने सचिव घिमिरेको प्रतिवेदनमा उल्लेख रहेको छ । घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको बार्षिक कार्यक्रमहरु बिशेस गरी स्वास्थ्य संग समबन्धीत कार्यक्रमहरुमै केन्द्रित छ ।
कार्यक्रमको उद्घाटन रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै अधिकारीले सहकारीको बिकास अहिलेको आवश्यकता भएको बताए । उनले सहकारीको बिकास देशको बिकाससंग जोडिएकाले यसको बिकास हुनु जरुरी भएको बताए । उनले अधिकांस सहकारीहरुले सहरी क्षेत्रमा मात्र आफ्नो भुमिका निर्वाहा गर्ने गरेको बताए । अहिलेको समयमा सहकारीहरुले सहरी क्षेत्रमा मात्रै नभई ग्रामिण क्षेत्रमा पनि महत्वपुर्ण भुमिका निर्वाहा गर्नुपर्नेमा जोड दिए ।
रेडियो तिनलाल बाट


