जिल्ला पशुसेवा कार्यालयको यस बर्षको बिनियोजित बजेट ५ करोड,कार्यक्रममा के भने जिल्ला स्तरका नेताहरुल हेर्नुहोस । - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » » जिल्ला पशुसेवा कार्यालयको यस बर्षको बिनियोजित बजेट ५ करोड,कार्यक्रममा के भने जिल्ला स्तरका नेताहरुल हेर्नुहोस ।

जिल्ला पशुसेवा कार्यालयको यस बर्षको बिनियोजित बजेट ५ करोड,कार्यक्रममा के भने जिल्ला स्तरका नेताहरुल हेर्नुहोस ।

रामेछाप,भदौ २ गते 

      मन्थली/ जिल्ला पशुसेवा कार्यालयको यस बर्षको बिनियोजित बजेट ५ करोड जिल्ला पशुसेवा कार्यालय रामेछापले आर्थीक बर्ष मा  सम्पन्न गर्नुपर्ने कार्यक्रमको परिचयात्मक गोष्ठी आज सम्पन्न गरेको छ ।

उक्त कार्यालयको आर्थीक बर्ष २०७३/७४ को बिनियोजित बजेट ४ करोड ९९ लाख ७३ हजार रहेको कार्यालय प्रमुख ज्ञान बहादुर थापाले जानकारी दिनुभयो । कार्यलयले यस बर्ष अण्डामा आत्मनिर्भर कार्यक्रम, मासुमा आत्मनिर्भर कार्यक्रम, दुध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भरता कार्यक्रम र जिविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत उक्त रकम बिनियोजन गरीएको हो । कार्यलयले यस आर्थीक बर्षमा जिल्लाको साघुटार र दोरम्वा केन्द्र मध्य एक ठाउमा सेवा केन्द्र भवन बनाउने योजना रहेको पनि कार्यालय प्रमुख थापाले बताउनु भयो ।

     कार्यक्रममा बोल्दै पुर्ब सासंद तारानारायण श्रेष्ठ बिगुलले पसुसेवा कार्यलयले कुरा अनुसारको काम नगरेको बताउनुभयो । गत बर्ष युवा लक्षीत कार्यक्रममा १२ किलोका बोकालाई २० हजारमा किनेर कृषकलाई वाडिएको उहाले बताउनुभयो । पशुसेवा कार्यलयले सिधै कृषक लाई अनुदान रकम नदिई ठेक्केदारबाट बोका किनी कृषकलाई बाड्दा ठेक्केदारलाई फाईदा हुने काम गरेको उहाको भनाई थियो । यस्तो समस्या समाधानको लागी पशु सेवा कार्यालयले अनुगमनको कार्यलाई तिब्र पार्नु पर्ने उहाले बताउनुभयो ।

    त्यस्तै नेपालि कंग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यनैपानेले सरकारले घास र दानापानिको पुर्व तयारी गरेर मात्र कृषकलाई गाई भैसि पाल्न अनुदान दिनुपर्ने बताउनुभयो । कृषकले बिना तयारी गाई भैसि कीन्दा घास खुवाउन नपाएको उहाको गुनासो छ ।

    नेपाली कंग्रेसका जिल्ला सचिब लेख बहादुर कार्कीले पशु सेवा कार्यलयले वास्तवीक किसानको पहिचान गरी आफ्नो सेवा सुबिधा  दिन नसक्दा गैर किसानलाई बढि फाईदा भएको बताउनुभयो । 

    निमीत्त स्थानिय बिकास अधिकारी दिपक प्रसाद सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको प्रमुख आतिथ्यता एवं पुर्बसांसद तारानारायण श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । 

    कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यलयका पमुख एंब प्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार लागायतको आतिथ्यता रहेको थियो ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap