अन्तराष्ट्रिय युवा दिवस रामेछापमा पनि मनाईयो - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » , » अन्तराष्ट्रिय युवा दिवस रामेछापमा पनि मनाईयो

अन्तराष्ट्रिय युवा दिवस रामेछापमा पनि मनाईयो

श्रावन २८ गते
        रामेछाप/आज अन्तराष्ट्रिय युवा दिवस । रामेछापमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ । जिल्ला युवा समीती र शान्ती र बिकासको लागी युवा साझेदारि नेपालको आयोजना तथा बिभिन्न संघ सस्थाहरुको सहकार्यमा युवा दिवस मनाईएको हो ।




गरिबी उन्मूलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय   यूवा दिवस भव्य रुपमा सम्पन्न भएको हो । युवा दिवसको अवसरमा सदरमुकाम मन्थलिमा ¥यालिको आयोजना गरीएको थियो । देवकोटाचोक बाट सुरु भएको ¥यालि कटहरबोट हुदै मदनआश्रीत चोक पुगी पुन देबकोटाचोकमा आएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बिभिन्न संघसस्थामा आबद्ध युवा, नागरिक समाज, पत्रकार, शिक्षक, बुद्धिजीवि तथा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

     कार्यक्रममा बोल्दै जिल्ला युवा समीती रामेछापका अध्यक्ष प्रकाश कमार कार्कीले अब आर्थीक रुपान्तरणमा युवाहरुलाई जोड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । रामेछापमा भर्खरै जिल्ला युवा समीती गठन भएको भन्दै उहाले सबै राजनैतिक दल र संघसस्थाहरुसग सहकार्य गर्दै आफु अगाडि बढ्ने बताउनुभयो । युवा दिवसको अबसरमा सदरमुकाम मन्थलिमा रहेका अस्पतालहरुका बिरामीहरुलाई फलफुल बितरण गरीएको थियो ।


     अन्तराष्ट्रिय युवा दिवसको सन्र्दर्भ पारी शान्ती र बिकासको लागी युवा साझदारि नेपाल (वाईएसपि नेपाल) ले गत बुधबार देखि सदरमुकाम मन्थलिमा  आयोजना गरेको चौथो युवा सम्मेलन पनि आज सकीएको छ ।
युवा सम्मेलनका अवसरमा गोष्टी, अन्र्तक्रीया, बिभिन्न सास्कृतीक कार्यक्रमहरुको आयोजना गरीएको थियो । तिन दिन सम्म चलेको युवा सम्मेलनको आज सस्थाका अध्यक्ष हिमाल महतले समापन गर्नुभएको हो ।


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap