रामेछापको प्रितीमा इलाका प्रशासन कार्यालय स्थापना - .


.

.

.

.

.

.
रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका

रामेछाप । मन्थलीस्थित कुमार दर्नालको सुनचाँदी पसलमा दिउँसो एक जोडी प्रौढ भित्रिए । गहना किन्न आएका
Home » , » रामेछापको प्रितीमा इलाका प्रशासन कार्यालय स्थापना

रामेछापको प्रितीमा इलाका प्रशासन कार्यालय स्थापना

श्रावन २७ गते 
       रामेछाप/जिल्लाको प्रिती गाबिस स्थति लाप्चानेमा बिहिबारवाट ईलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ । प्रशासन कार्यालय रामेछापले जिल्लाको उत्तरी क्षेत्र प्रितिको लाप्चानेमा इलाका प्रशासन कार्यालयको स्थापना गरेको  हो ।
फाईल फोटो
     इलाका प्रशासन कार्यालय प्रितीका प्रमुख मक्कर धोज खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले गर्नुभएको हो । जिल्लाको प्रिती, भुजी, गुप्तेश्वर, चुचुरे, गुम्देल, कुबुकास्थली, ठोसे र बाम्तीभण्डार गरि ८ गाविसलाई लक्षित गरि सो इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्घाटन भएसंगै स्थानीयले नागरिकता र राज्यको सिफारिस ईलाका प्रशासन कार्यालय बाटै पाउने भएका छन् । यसबाट स्थानीयको समय र आर्थिक दुवै बचत हुने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।
     उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति लवश्री न्यौपाने, नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ  लगायतले मन्तव्य राखेका थिए । उनीहरुले नागरिकको घरदैलोमा राज्यको सेवा पु¥याउन इलाका प्रशासन कार्यालय सहयोगी हुने बताए । कार्यक्रममा  गाविस सचिव र स्थानीयवासिहरुले लाप्चानेमा इलाका प्रशासन कार्यलय मात्र नभएर एकिकृत सेवा केन्द्र राख्नुपर्नेमा जोड दिएका थिए । 


Share this article :

फेसबुकमा हामीलाई लाईक गर्नुहोस ।

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

सोनाम लोसारको अबसरमा नया सेलो गीत बजारमा

.

.
 
Support : Creating Website for | Onlne | Samachar
CONTACT Hamroramechhap OFFICE KATHMANDU
Copyright © 2011. . - All Rights Reserved
Design by NARAYAN SHRESTHA Published by Hamro Ramechhap