Home »
» मन्थलि नगरपालिकामा कार्यकारी प्रमुख नहुँदा विकास निर्माण काम प्रभावित
मन्थलि नगरपालिकामा कार्यकारी प्रमुख नहुँदा विकास निर्माण काम प्रभावित

बैशाख २७,२०७३
एक महिनादेखि मन्थली नगरपालिकामा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण सम्बन्धी सम्पूर्ण कामहरु प्रभावित भएका छन् ।
कार्यकारी प्रमुख नहुँदा योजना सम्झौताको काम र सम्पन्न योजना लगायतका कामको भुक्तानी दिन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् ।कार्यालयको निमित्त जिम्वेवारी पाएका निमित्त कार्यकारी प्रमुखले आर्थिक कामको जिम्मेवारी नपाएकाले पनि विकास निर्माणको काम प्रभावित भएका हुन् ।
प्रमुख नहुँदा कार्यालयमा कार्यरत कर्मचारीले तलबसमेत लिन पाएका छैनन् । त्यसैगरी सडक निर्माणको काम सकेर भुक्तानी लिन कार्यालय धाउँदा पनि रकम पाउन नसकेको मन्थली नगरपालिका २ का हरिराम भुजेलले वताउनुभयो । सडक निर्माणका लागि नगरपालिकाले दिएको समय सिमा भित्र सवै काम सम्पन्न गरी रकम माग गरेको महिनौं वितिसक्दा पनि अहिलेसम्म रकम पाउन नसकेको जानकारी दिनुभयो ।
कार्यकारी अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोवारका काम र भुकम्पपछि घर वनाउने कामको सबै कामहरु प्रभावित भएको मन्थली नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ढालविक्रम कार्कीले जानकारी दिनुभयो ।
समाचारको स्रोतःउज्यालो अनलाईन