जेठ १२ गते,रामेछाप
रामेछापको मन्थली स्थीत मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा बसेको सो क्याम्पसमा अध्ययन गरेका पुर्ब विद्याथीहरुको भेलाले रमेश उदाशको अध्यक्षतामा ११ सदस्यीय पूर्व विद्यार्थी समाज गठन गरेको छ ।

यसरी नब गठित समितिमा रहनेहरुमा उपाध्यक्ष, सचिब, सहसचिब,र कोषाध्यक्षमा क्रमश दिनेश सुवेदी, शुशिल अधिकारी, दिलकुमार मानन्धर र रीता आचार्य रहनु भएको छ भने सदस्यहरुमा रमेश ढुंगेल, उज्जल राज सुवेदी, गंगा गोले, प्रकाश कार्की, अनिता घिमिरे र लक्ष्मण भुजेल रहनुभएको छ। सो क्याम्पस बाट उच्च शिक्षा हासिल गरेका पुर्व बिद्यार्थी लाई एकिकृत गरी रचनात्मक कृयाकलापहरु गर्ने उद्धेश्यले उक्त समाज गठनगरिएको जनाइएको छ ।

