बैशाख २०/नारायण श्रेष्ठ/रामेछाप
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले यहि बैशाख २६ गतेबाट जापानिज ईन्सेफलाईटिस बिरुद्धको खोप सम्बन्धि नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
उक्त कार्यलयले सोमबार सदरमुकाम मन्थलिमा पत्रकार सम्मेलनको आयोजन गरी जापानिज ईन्सेफलाईटिस बिरुद्धको नयाँ खोप कार्यक्रमको बारेमा जानकारी गराइएको हो । यही बैशाख २६ देखि जेठ ११ गते सम्म जिल्लाव्यापी अभियानको रुपमा एक देखि १५ वर्ष उमेर समूहका ५७ हजार ७ सय जनालाई जापानिज ईन्सेफलाईटीस रोग विरुद्धको खोप लगाउने तयारी भएको छ ।
बैशाख २६ देखि जेठ २ गते सम्म प्रथम चरणमा २७ वटा गाबिस र जेठ ३ गते देखि ११ गतेसम्म दास्रो चरणमा २८ वटा गाबिसहरुमा उक्त खोप अभियान सञ्चालन गरिने छ । खोप अभियानको लागी जिल्लाभर ५०५ वटा खोप केन्द्र, ७५२ जना श्वास्थ्य स्वयमसेविका, ७८२ जना श्वास्थ्य स्वयमसेवक र ३०९ जना स्वास्थ्य कर्मी परीचालन गरीने छ । खोप अभियानमा खटाईने स्वयम सेबक र स्वास्थ्यकर्मीहरुलाई तामिल पनि दिई सकीएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश शाहले बताउनुु भयो ।
जिल्ला स्थीत हरेक वडामा खोप केन्द्रहरु सञ्चालन हुनेछन । खोप अभियान चरणबद्ध रुपमा सञ्चालन हुने भएकोले खोप अभियान संञ्चालन हुने मिती, समय र खोप केन्द्र रहने ठाँउको बारेमा स्थानिय स्वास्थ्य सस्था र महिला स्वास्थ्य स्वयम सेबिकाबाट जानकारी पाप्त गर्न सकिने छ।
जापनिज ईन्सेफलाईटिस रोग भाइरसबाट लाग्ने संक्रमक रोग हो । यो रोग लामखुट्टेको टोकाईबाट सर्छ । यो रोग प्राय गरी १५ बर्ष मुनिका बालबालिकाहरुलाई लाग्ने गर्छ । यो रोगको कारण नेपालमा हरेक बर्ष धेरै बालबालिकाहरु सिकीस्त बिरामी हुन्छन र ति मध्य कतिपय बालबालिकाको मृत्यु समेत हुने गर्दछ । बालबालिकहरुलाई ज्वरो आउने, टाउको दुख्ने, अकस्मात बेहोस हुने भएमा यो रोग लागेको लक्षण हुनसक्ने भएकोले नजिकको श्वास्थ्य केन्द्रमा गएर जचाउनु पर्ने जिल्ला स्वास्थ्य प्रमुख साहले बताउनुभयो ।
यो रोगबाट बच्ने भरपर्दाे उपाय भनेकै खोप लगाउनुनै हो । उक्त खोप लगाई सकेपछि ज्वरो आउने, शरिर दुख्ने, खोप लगाएको ठाउमा गाठागुठि पर्ने असरहरु देखिन सक्छ तर उक्त असरहरु देखिदैमा नआत्तीन उहाले आग्रह गर्नु भयो । त्यस्ता असरहरु २–३ दिनमा आफै हराएर जाने उहाको भनाई छ ।

